२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा हावाहुरीले जनधनको क्षति

५ बैशाख २०७५, बुधबार ०३:१२

वैशाख ५, बर्दिवास (रासस) | महोत्तरी जिल्लामा मंगलबार साँझको हावाहुरीले जनधनको क्षति गरेको छ । 

मंगलबार अबेरसाँझ चलेको हावाहुरीमा परी जिल्लाको भंगाहा नगरपालिका–५ सीतापुर धतियाटोलमा एकजनाको मृत्यु भएको र १०० भन्दा बढी घर भत्किएका छन् । 

हावाहुरी चलेको बेला धतियाटोलको ठूलो वरको रुखमुनि छलिन बसेका एकजना बटुवाको रुख ढल्दा च्यापिएर मृत्यु भएको छ । वरको रुखले थिचिएको शव क्रेनले रुख हटाएर निकालेको सीतापुर प्रहरी चौकीका इञ्चार्ज तथा प्रहरी नायब निरीक्षक अवधलाल साहले जानकारी दिनुभयो । नाम, वतन खुल्न नसकेका करीब ४० वर्षीय पुरुषको शव अहिले परीक्षणका लागि जलेश्वर अस्पताल पठाइएको सीतापुर प्रहरी चौकीले जनाएको छ । 

भंगाहा नगर क्षेत्रमा मंगलबार ६ः३० बजेतिर चलेको बेगको हावाहुरीले १०० भन्दा बढी घरमा क्षति पुर्याएको छ । भंगाहा–४, रामनगरस्थित राष्ट्रिय आधारभूत विद्यालय अधिनस्थ वन क्षेत्रका ३०० भन्दा बढी रुख ढलेका छन् । ढलेका रुखले त्यहाँका वीरबहादुर मण्डल, कञ्चा राय थारु र बालगोबिन महराको घर ढालेको प्रनानि साहले जानकारी दिनुभयो । 

बेगसहितको हावाहुरी रोकिनासाथ सीतापुर प्रहरी चौकी र भंगाहास्थित सशस्त्र प्रहरी बेस क्याम्पको टोलीले तत्काल ढलेको रुखले थिचिएको शव, भत्किएका घरमा रहेका ससाना नानीहरु र घरका परिवारजनलाई सुरक्षित ठाउँमा पुर्याएको थियो । 

जिल्लाका अन्य भेगमा पनि हावाहुरीले बालीनाली क्षति गरेको छ । बेगसहितको हावाहुरी थामिएपछि पानी परेको थियो । हावाहुरीले कैयन ठाउँका बिद्युत पोल ढाल्दा मंगलबार साँझदेखि नै जिल्लाका अधिकांश बस्तीमा विद्युत् सेवा अवरुद्ध भएको छ । 

यसैबीच, जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जिल्लाका विभिन्न भेगमा हावाहुरीले पुर्याएको क्षति विवरण संकलन भइरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य