२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा हावाहुरीले जनधनको क्षति

२०७५, ५ बैशाख बुधबार ०३:१२

वैशाख ५, बर्दिवास (रासस) | महोत्तरी जिल्लामा मंगलबार साँझको हावाहुरीले जनधनको क्षति गरेको छ । 

मंगलबार अबेरसाँझ चलेको हावाहुरीमा परी जिल्लाको भंगाहा नगरपालिका–५ सीतापुर धतियाटोलमा एकजनाको मृत्यु भएको र १०० भन्दा बढी घर भत्किएका छन् । 

हावाहुरी चलेको बेला धतियाटोलको ठूलो वरको रुखमुनि छलिन बसेका एकजना बटुवाको रुख ढल्दा च्यापिएर मृत्यु भएको छ । वरको रुखले थिचिएको शव क्रेनले रुख हटाएर निकालेको सीतापुर प्रहरी चौकीका इञ्चार्ज तथा प्रहरी नायब निरीक्षक अवधलाल साहले जानकारी दिनुभयो । नाम, वतन खुल्न नसकेका करीब ४० वर्षीय पुरुषको शव अहिले परीक्षणका लागि जलेश्वर अस्पताल पठाइएको सीतापुर प्रहरी चौकीले जनाएको छ । 

भंगाहा नगर क्षेत्रमा मंगलबार ६ः३० बजेतिर चलेको बेगको हावाहुरीले १०० भन्दा बढी घरमा क्षति पुर्याएको छ । भंगाहा–४, रामनगरस्थित राष्ट्रिय आधारभूत विद्यालय अधिनस्थ वन क्षेत्रका ३०० भन्दा बढी रुख ढलेका छन् । ढलेका रुखले त्यहाँका वीरबहादुर मण्डल, कञ्चा राय थारु र बालगोबिन महराको घर ढालेको प्रनानि साहले जानकारी दिनुभयो । 

बेगसहितको हावाहुरी रोकिनासाथ सीतापुर प्रहरी चौकी र भंगाहास्थित सशस्त्र प्रहरी बेस क्याम्पको टोलीले तत्काल ढलेको रुखले थिचिएको शव, भत्किएका घरमा रहेका ससाना नानीहरु र घरका परिवारजनलाई सुरक्षित ठाउँमा पुर्याएको थियो । 

जिल्लाका अन्य भेगमा पनि हावाहुरीले बालीनाली क्षति गरेको छ । बेगसहितको हावाहुरी थामिएपछि पानी परेको थियो । हावाहुरीले कैयन ठाउँका बिद्युत पोल ढाल्दा मंगलबार साँझदेखि नै जिल्लाका अधिकांश बस्तीमा विद्युत् सेवा अवरुद्ध भएको छ । 

यसैबीच, जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जिल्लाका विभिन्न भेगमा हावाहुरीले पुर्याएको क्षति विवरण संकलन भइरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला