२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा आँधीहुरीबाट दुईको मृत्यु

२०७५, ५ बैशाख बुधबार ०५:४५

वैशाख ५ गौशाला | गएराति महोत्तरी जिल्लामा आएको भीषण आँधीहुरीमा परी दुईजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार गएराति ७:३० बजेतिर आएको भीषण आँधीहुरीमा परेर जलेश्वर नगरपालिका–७ का जयराम सिंहकी पत्नी ३० वर्षीया सकुन्तलादेवी सिंहको मृत्यु भएको हो । 

उनको आफ्नै आँगनमा रहेको कम्पाउण्डको पर्खाल ढल्दा च्यापिएर उनी गम्भीर घाइते भएपछि उपचारका लागि जलेश्वर अस्पताल ल्याइएको थियो भने जलेश्वर अस्पतालमा उनको प्राथमिक उपचारपश्चात् विशेष उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगिएको र उपचारकै क्रममा उनको गएराति ९ः३० बजे मृत्यु भएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो । 

त्यस्तै, जिल्लाको भंगहा नगरपालिका–५ स्थित सीतापुर खोरिया सडकखण्डमा आँधीहुरी आएकै बेला बाटोमा हिँडीरहेका पहिचान नखुलेका एक पुरुष व्यक्ति सोही सडकखण्डमा रहेको बरको रुखमुनि लुक्न गएकोमा सोही बरको रुख उखेलिएर ढल्दा उनको च्यापिएर मृत्यु भएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो । 

नाम, थर, बतन नखुलेका चेक उनी धर्के टिशर्ट, रातो निलो हाप प्यान्ट र कालो प्लाष्टिकको जुत्ता लगाएको अन्दाजी ४०÷४५ वर्षीय पुरुषको वरको रुखमुनि च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला