२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सर्वाधिक धनराशी भएको अनुप स्मृती गोल्ड कप बैशाख अन्तिम साताबाट खोटाङमा

२०७५, ५ बैशाख बुधबार १०:३६

चिसाङ शेर्पा/बैशाख ५ खोटाङ | सर्वाधिक पुरस्कार धनराशी भएको अनुप स्मृती गोल्ड कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको दोश्रो संस्करण बैशाख अन्तिम साताबाट शुरु हुने भएको छ । ‘खोटाङमा व्यावसायिक फुटबलको विकास, पर्यटन र व्यापार प्रबद्र्धनमा हाम्रो प्रयास’ भन्ने मुल नाराका साथमा आगामी बैशाख २६ गतेदेखी ३१ गतेसम्म सदरमुकामस्थित माटिकोरे खेलमैदानमा दोश्रो संस्करण सञ्चालन हुने भएको हो । 

माउण्ट एभरेष्ट बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लवको संयुक्त आयोजनामा गतवर्ष देखी सञ्चालित ‘अनुप स्मृती रनिङ कप’लाई परिमार्जित गरी अनुप स्मृती गोल्ड कपको आयोजना गर्न लागिएको बुधबार दिक्तेलस्थित उधोग वाणिज्य संघको कार्यालयमा पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । जिल्लामा फुटबलको ईतिहासमा ठूलो धनराशी भएको प्रतियोगिता कूल लागत २५ लाख ४१ हजार ३९१ रुपैयाँमा सञ्चालन हुदैछ ।

प्रतियोगिताका प्रथम टिम समुहले १ लाख ५१ हजार १११, दोश्रो टिम समुहले ७५ हजार ५५५ नगदका साथमा कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमि फाइनालिस्ट दुई टिम समुहले २५÷२५ हजार, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्टाइकर, सर्वाधिक गोलकर्ता, मेन अफ द टुनामेन्ट, उत्कृष्ट टिम प्रशिक्षकले ५÷५ हजार तथा अनुशासित टिमले ५ हजार २२५ रुपैयाँ पुरस्कार पाउने छन् ।

विभिन्न संस्थाहरुबाट प्राप्त नगद÷जिन्सि, व्यापारिक प्रतिष्ठानको विज्ञापन प्रायोजन, स्थानिय संघ, संस्था, कार्यलय, आयोजकको स्वलागनी तथा विभिन्न शुभचिन्तकको सहयोगबाट प्रतियोगिताका लागि आर्थिक तथा भैतिक बन्दोवस्त गरिने अनुप स्मृती गोल्ड कप मूल आयोजक समिति संयोजक सागर जोशीले जानकारी दिनुभयो । जिल्लाको पर्यटन प्रवद्र्धन, व्यापार व्यावसायमा टेवा पुग्ने प्रतियोगिता सञ्चालनका लागि देश विदेशमा रहेका सबैलाई सहयोगको आव्हान समेत गरिएको संयोजक जोशीले बताए । 

माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा कक्षा नर्सरीमा अध्ययनरत बालक अनुप राईलाई २०६२ जेष्ठ २ गते दिक्तेल बजारको पुरानो बैंकचोकमा ट्याक्टरले ठक्कर दिंदा ज्यान गएको संम्झनामा गतवर्ष देखी अनुप स्मृती गोल्डकप प्रतियोगिता गर्न थालिएको हो । दोश्रो संस्करणमा जिल्लाभित्रका ९ तथा जिल्ला बाहिरका ५ राम्रा टिमलाई खेल प्रतियोगितामा सहभागी गराउने योजना रहेको आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित