२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सांसद विकासले खोसे विकास- स्थानीयबासी

५ चैत्र २०७२, शुक्रबार ०३:२३

 

              20998_1592126481075443_2236584514967926220_nपर्वत, । धौलागिरी अञ्चलाई सिद्धार्थ राजमार्गसँग जोड्ने छोटो सडकको रुपमा मानिने पुतलीखेत–कार्कीनेटा–कुश्मा सडकको रुट पहुँचको भरमा परिवर्तन गरिएको छ । छोटो दुरी तथा बैकल्पिक सडकको रुपमा लिएर काम शुरु भएको सो सडकलाई एकाएक राष्ट्रिय योजना आयोगले नाम नै परिवर्तन गरेर पठाएपछि पर्वतवासीहरु अचम्मित बनेकाछन् । पोखरा बाग्लुङ्ग राजमार्गको निर्माणसँगै अलपत्र परेको सो योजना कार्किनेटा–ठूलीपोखरी–पिपलटारी–पकुवा हुँदै कुस्मा जोड्ने गरि विगत एक दशकदेखि काम हुँदै आएको थियो ।
राष्ट्रिय योजना आयोगबाट विगत लामो समयदेखि रकम विनियोजन हुँदै आएको सो सडकलाई पर्वत क्षेत्र नं. २ का सांसद विकास लम्सालले रुट नै परिवर्तन गरि कार्किनेटा–शंकरपोखरी–खानिगाउँ हुँदै कुस्मा सडक शंशोधन गराएपछि स्थानीयवासीहरु आक्रोशित बनेकाछन् । जिल्लाका जनप्रतिनिधीले नै सडकको रुट परिवर्तन गरि आफ्नो घर पु¥याउने योजना बनाएको थाहा पाएपछि स्थानीयवासीहरु आक्रोशित बनेका हुन् । उनी साँसद भएपछि केहि समय संबिधान निर्माण प्रकृयामा लोगे पनि अहिले फलेबासलाई केन्द्रित गरी मोटरबाटो निर्माण गर्ने योजना लागेका छन् ।
कालिगण्डकी लोकमार्गलाई पनि आफ्नो घरको नजिक लगेको उनी माथी आरोप लाग्दै आएको बेला यो योजनाको कुरा आउनुलाई पर्वतमा चासो पुर्वक हेरीएको छ । लम्सालले किन रुट परिवर्तन गरे भन्ने बिषयमा उनले आफुले नगरेको बताए पनि स्थानियहरुले त्यो कुरालाई स्वीकार्न तयार छैनन् ।
राष्ट्रिय योजना आयोगले रेडबुकमा प्रकाशित गरेर टेण्डर समेत भैसकेपछि योजनाको रुट नै परिवर्तन भएर आएपछि सडक डिभिजन कार्यालय बाग्लुङ्गका कर्मचारीहरु समेत अचम्मित बनेको बताउँछन् । योजना आयोगले प्रकाशित गरेको रेडबुकको आधारमा टेण्डर भइसकेपछि योजना शंशोधन भएर आएपछि काम गर्न समेत अन्यौल भएको सडक डिभिजन कार्यालय बाग्लुङ्गका प्रमुख राजेश पौडेलले बताउनुभयो । काम शुरु भएपछि शंशोधन भएर आएको छ उनले भने–धेरै पछि मात्रै शंशोधन भएर चिठी आयो, काम गर्न अन्यौल भएको छ ।
पौडेलले योजना संशोधन भएर आएपनि काम नरोकिने बताए । जहाँसम्म विवाद हुँदैन त्यहाँसम्म काम गर्छौं उनले भने–विवाद आए काम रोकिनेछ । पौडेलका अनुसार कार्किनेटा–ठूलीपोखरी हुँदै कुस्मा जाने सडक १४ किलोमिटर र शंकरपोखरी–फलेवास सडक २४ किलोमिटर भन्दा लामो हुने भएकाले सो सडक सान्दर्भिक नभएको बताए । उनले छोटो सडक नै उपयुक्त हुने भएकाले जताको बाटो छोटो हुन्छ त्यहि बाटो गर्नुपर्ने बताए ।
सोही सडकमा सडक विभागको केन्द्रबाट काम हुने गरि २ करोड ५० लाख रुपीयाँ समेत विनियोजन भई टेण्डरको प्रक्रियामा रहेको बताइएको छ । पोखरा बाग्लुङ्ग राजमार्गको विकल्प र धौलागिरीलाई सिद्धार्थ राजमार्गसँग जोड्ने एकमात्र छोटो सडक भएकाले ठूलीपोखरी हुँदै लैजानु उपयुक्त हुने उहाँको भनाई छ ।
1723718_603098626509486_4639892400249570513_nफलेवासलाई सडक सञ्जालसँग जोड्नका लागि छुट्टै योजना भएकाले कार्किनेटा–ठूलीपोखरी–कुस्मा सडकलाई प्रभावित गराउनु राम्रो नहुने स्थानीयवासीहरु बताउँछन् । राष्ट्रिय योजना आयोगले समेत एउटा नाउँमा काम भइरहेको सडकलाई शंशोधन गरेर पठाउन गम्भिर गल्ति गरेको भन्दै स्थानीयले बिरोध जनाएकाछन् । स्थानीयहरुले तत्काल योजनालाई पुरानै ठाउँमा काम हुने वातावरण गराउन तथा नाम शंशोधन सच्याउन माग गरेकाछन् । स्थानीयहरुले १२ सय जनाको हस्ताक्षर संकलन गरेर स्थानीय प्रशासनका साथै राष्ट्रिय योजना आयोगमा बुझाउने तयारी गरिरहेकाछन् । योजना पुरानै अवस्थामा काम नभए आन्दोलनमा उत्रिने स्थानीय भागिरथ तिवारीले बताए । स्थानियहरु भन्छन् यहाँबाट बाटो छोटो पनि हुन्छ र उपयुक्त पनि तर साँसद बिकास लम्सालको दवावमा हामीलाई पत्तो नै नहुँने गरि रुट परिवर्तन भयो । साँसदले आफ्नो घर क्षेत्रलाई जोड्नको लागी १० किलोमिटर लामो बाटो रेडबुकमा हालेका छन् यसले राज्यलाई आर्थिकभार बाहेकअरु गर्दैन ।
उता सांसद विकास लम्सालले योजनालाई प्रभावित गराउने काम नगरेको र जुन सडक गएपनि छोटो सडक आवश्यक भएकाले आँफूले केही नगरेको प्रतिक्रिया दिनुभयो । उनले  भने आफु त्यस प्रकारको कुनै पनि काम गरेको छैन कार्किनेटाबाट फलेबास आफ्नो निर्बाचन क्षेत्र भएकोले मैले बाटोको कुरा उठाएको हुँ उनले भने ।
पोखराको डिभीजन कार्यालयबाट बाग्लुङ्ग डिभीजन कार्यालयमा ल्याउनु गल्ती भएको महशुस भएको छ भन्दै लम्सालले भने यदि त्यो रुटको बाटो मैले बनाएको भए लेटर प्याडमा लेखेर बाटो त्यताबाट लैजान दिन्छु उनले भने । यसमा आफुलाई अनाबश्यक जोडिएको आरोप समेत लगाए ।

                                                                                                                                                                          मितिः२०७२।१२।०४
श्रीमान् कार्यालय प्रमुखज्यू
सडक डिभिजन कार्यालय वागलुङ
                                                       विषय ः सडक निर्माण कार्य रोकी पाऊ ।
महोदय,
प्रस्तुत विषयका सम्बन्धमा यस स्याङजा पुतली खेत कार्किनेटा ुठलीपोखरी पिपलटारी हुदै कृमा जोड्ने साविक पिठे सडक विगतका वर्षमा नै योजनमा परी आर्थिक वर्ष ०७१÷०७२ मा राष्टिय योजना आयोगको रेडबुकमा निर्माणकार्य अगाडि बढाउनका लागि रु १५०००००० –( अक्षरुपी एक करोडपचास लाख रुपैया ) विनियोजन भइ निर्माण काय सुरु हुने अवस्थामा उटज्ञलउअ बाट पुतलीखेत कार्कीनेटा खानीगाउँ हुदै कुश्मा सडक नाम परिवर्तन गरी निर्माण कार्य अगाडि बढाएको जानाकारीमा आएकाले उक्त नाम परिवर्तित सडक निर्माण कार्य हँुदा कार्किनेटा ठलीपोखरी र कुश्मा नगरपालिकाका ६ वटा वडा समेत विकासको उज्यालो घामबाट बञ्चित हुुनका साथै साविक पिठे सडक नै कायम भई निर्माण हुुदा प्राविधिक आर्थिक दृष्टिकोणले समेत सरल र सुलव हुनका साथै धेरै उपभोक्ता लाभान्भित हुने हुदा साविक पिठे सडक कायम नहुने बेलासम्म परिवर्तित सडकको निर्माण कार्य यथासक्य छिटो रोकी पाउँ भनी तपशीलका राजनीतिक दलका स्थानीय प्रमूख प्रतिनिधिले सम्पूर्ण उपभोक्ताहरुको तर्फबाट विनम्र अनुरोध गर्दछौ ।
बोधार्थ गोविन्द पौडेल ः नेपाली काङग्रेस वडा नं १६ प्रतिनिधि
१. जिल्ला प्रशासन कार्यालय, पर्वत । देवेन्द्र ब.नेपाली ः ने.क पा एमाले वडा नं १६ अध्यक्ष
२. जिल्ला विकास समिति , पर्वत । कमल प्र. लामिछाने ः नया शक्ति अभियान वडा नं १६ संयोजक
विष्नुहरि तिवारी नेपाली काङग्रेस वडा नं १५ सभापति
भागिरथ तिवारी ने .क. पा एमाले वडा नं १५ अध्यक्ष ९८४७६२५९९१ राजु खनाल ए .ने. का. पा माओवादी वडा नं १५ अध्यक्ष
देवी प्रसाद अधिकारी नेकपा माओवादी (क्रान्तिकारी वडा नं. १५) अध्यक्ष पिताम्बर अधिकारी नेपाली का.ङग्रेस व८ा नं ज्ञद्ध सभापति विष्नुनिधी पौ८ेल ने. का. पा एमाले व८ा न ज्ञद्ध अध्यक्ष होम ब. वि.. क ए ने का पा माओबादि व८ा नं ज्ञद्ध अध्यक्ष दिवाकर लामि५ाने नेपाली काङग्रेस व८ा नं ज्ञघ सभापति केशब अधिकारी ने.का . पा एमाले व८ा नं ज्ञघ सचिव आनन्द अधिकारी ए . ने .का पा माओवादी ज्ञघ अध्यक्ष ६ंक प्रसाद सुवेदी नेपाली काङग्रेस ज्ञठ सभापति धर्मदत्त ंसुवेदी ने . क . पा एमाले ज्ञठ अध्यक्ष ए . माओवादी ज्ञठ नेपाली काङग्रेस ज्ञड ६ंक प्रसाद पौ८ेल ने .क . पा एमाले ज्ञड अध्यक्ष ए ने .का .पा माओवादी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी