२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

सल्लाहकार रिमाल नुवाकोटको एक बालिकाको अभिभावक

६ बैशाख २०७५, बिहीबार ०६:४३

वैशाख ६ नुवाकोट | प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले विदुर नगरपालिका–१२ चारघरे गौरीबेँसीस्थित राईगाउँकी चार वर्षीया बालिका स्वस्तिका राईको अभिभावक बनेर विद्यालयमा भर्ना गराउनुभएको छ । 

राईगाउँका सुमन र सुस्मिताको छोरी स्वस्तिकालाई गौरीबेँसीमा रहेको महेन्द्र माध्यमिक विद्यालयको ‘बालकक्षा’मा बुधबार भर्ना गरी अध्ययनका लागि आवश्यक खर्चको व्यवस्थापनको जिम्मेवारी बहन गर्नुभएको विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी भट्टले जानकारी दिनुभयो । 

घरको आर्थिक अवस्था कमजोर भएको स्वस्तिकाका लागि आवश्यक पोषाक, सिसाकलम, कापी, झोलालगायतमा आवश्यक खर्च जिफन्टका अध्यक्षसमेत रहनुभएका रिमालले व्यवस्थापन गराउनुभएको हो । 

विद्यार्थी भर्ना महाअभियानको समय बनाएर उहाँले बालिकाका लागि माध्यमिक तहसम्मको अध्ययनमा लाग्ने सबै खर्च सहयोगको प्रतिबद्धता जनाउनुभयो ।

उहाँले उक्त विद्यालयमा दिवंगत आफ्ना बुबाआमा शिवप्रसाद–नर्मदा रिमालको स्मृतिमा रु एक लाखको अक्षयकोष स्थापना गरी गरीब, असहाय तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउँदै आउनुभएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य