२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

सल्लाहकार रिमाल नुवाकोटको एक बालिकाको अभिभावक

२०७५, ६ बैशाख बिहीबार ०६:४३

वैशाख ६ नुवाकोट | प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले विदुर नगरपालिका–१२ चारघरे गौरीबेँसीस्थित राईगाउँकी चार वर्षीया बालिका स्वस्तिका राईको अभिभावक बनेर विद्यालयमा भर्ना गराउनुभएको छ । 

राईगाउँका सुमन र सुस्मिताको छोरी स्वस्तिकालाई गौरीबेँसीमा रहेको महेन्द्र माध्यमिक विद्यालयको ‘बालकक्षा’मा बुधबार भर्ना गरी अध्ययनका लागि आवश्यक खर्चको व्यवस्थापनको जिम्मेवारी बहन गर्नुभएको विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी भट्टले जानकारी दिनुभयो । 

घरको आर्थिक अवस्था कमजोर भएको स्वस्तिकाका लागि आवश्यक पोषाक, सिसाकलम, कापी, झोलालगायतमा आवश्यक खर्च जिफन्टका अध्यक्षसमेत रहनुभएका रिमालले व्यवस्थापन गराउनुभएको हो । 

विद्यार्थी भर्ना महाअभियानको समय बनाएर उहाँले बालिकाका लागि माध्यमिक तहसम्मको अध्ययनमा लाग्ने सबै खर्च सहयोगको प्रतिबद्धता जनाउनुभयो ।

उहाँले उक्त विद्यालयमा दिवंगत आफ्ना बुबाआमा शिवप्रसाद–नर्मदा रिमालको स्मृतिमा रु एक लाखको अक्षयकोष स्थापना गरी गरीब, असहाय तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउँदै आउनुभएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते