२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सरसफाइ सम्बन्धी पत्रकारसँग अन्तरक्रिया

६ चैत्र २०७२, शनिबार १०:४१

पर्वत,  जिल्लालाई पूर्ण सरसफाई युक्त जिल्ला बनाउनको लागि पत्रकारको भुमिका के रहेन र कसरी जिल्लालाई पूर्ण सरसफाई युक्त जिल्ला बनाउन सकिन्छ भन्ने विषयमा शनिवार पर्वतमा सरसफाई सम्बन्धी पत्रकारसँग अन्तरक्रिया सम्पन्न भएको छ । जिल्लामा  रहेका ४७ गाविस र एक नगरपालिकालाई अब कसरी सरसफाई युक्त बनाउन सकिन्छ र जिल्लामा सफा खानेपानीको पहुँच भन्दा बाहिर रहेका नागरिकलाई कसरी सफा पानीको पहुँचमा पु¥याउन सकिन्छ भन्ने विषयमा उक्त कार्यक्रम भएको हो ।

जिल्लालाई सरसफाई युक्त बनाउनको लागि आवश्यक पर्ने पूर्वधारको विकास र त्यसमा स्थानीयको पहुँच कसरी पु¥याउने र आधारभूत कुराहरुको कसरी व्यवस्थान र नागरिकसम्म पु¥याउने भन्नेबारेमा उक्त छलफल भएको हो । छलफलका क्रममा सरसफाई सम्बन्धी ज्ञान भएता पनि त्यसलाई बजारीकरण तथा कार्यन्वयनमा ल्याउनको लागि कठिन भएका कारण पनि समस्या पैदा भएको भन्दै अब त्यसलाई कसरी सामाजिक बजारीकरण गर्ने भन्नेबारेमा छलफल भएको थियो । स्थानिय स्रोत र साधनको प्रयोग गरी  जिल्लाई पूर्ण सरसफाइ गराउन सकिन्छ भन्ने विषयमा उक्त कार्यक्रम भएको थियो । सामाजिक बजारीकरण गर्नको लागि गाउँ देखि सहरसम्म स्थानीय परम्परा वा बोलीचालीकै आधारबाट चेतना जगाउने छलफल समेत भएको थियो । पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजनाको बार्षिक योजना अन्तरगत रहेको उक्त कार्यक्रममा जिल्लामा आगामी दिनमा गरिने खानेपानीका ठूलो तथा साना योजनाको बारेमा समेत छलफल गरिएको थियो ।

वास पत्रकार मंचमा थापा
वास पत्रकार मंचको अध्यक्षमा सन्तोष थापा पुन सर्वसहमत रुपमा चयन भएका छन् । उपाअध्यक्षमा रोशन तिवारी, सचिवमा विशन क्षेत्री, कोषाध्यक्षमा संगिता केसी, सहसचिवमा लिवियाना चौहान रहेका छन् भने सदस्यहरुमा सुवास लामिछाने, महेन्द्र केसी, महेन्द्र जिसी, राजकुमार पोख्रेल, डिल बहादुर विक, दुर्गा शर्मा चयन भएका छन् । भने सल्लाहकार समितिमा छविलाल तिवारी, लक्ष्मण सापकोटा,       मरारी संगम, बैगुण्ठ गिरी र  राजबाबु पिसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द