Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

लुगा सिलाएरै आत्मनिर्भर बन्दै दार्चुलाका दलित महिलाहरु

२०७५, ७ बैशाख शुक्रबार ०८:३७

लोकेन्द्र प्रशाद जोशी/वैशाख ७ दार्चुला । वर्षौंदेखि चुलोचौको र घाँस दाउरामा सीमित दार्चुला जिल्लाका दलित महिलाहरु लुगा सिलाएर आत्मनिर्भर बन्ने अठोटका साथ सिलाइकटाइ सिकिरहेका छन । 


जनचेतना अभाब र विभिन्न समस्याका कारण सानै उमेरमा विवाह गरेर पढाई छोडेका केहि महिलाहरुले सिलाइकटाइबाटै आत्मनिर्भर बन्न सकिने आत्मबिस्वासका सिलाइ सिकिरहेका छन । घाँस दाउरा गर्दै जीवन जीउँदै आएका दार्चुलाका दलित महिला तथा युवतिहरु अहिले सिलाइ कटाइसम्बन्धी सीप आर्जन गरेर आत्मनिर्भर बन्ने बाटोमा लागेका हुन ।

बिगतदेखी समाजमा पछाडि परेका दलित समुदायका युवति तथा महिलाहरुले सानै उमेरमा बिबाह गरेर पढाइ छोड्ने गरेका छन ।

 बेरोजगारी, अशिक्षाका कारण उनिहरुले अहिलेसम्म समाजमा अगाडि बढ्न नसकेको अवस्था छ । तर अहिले बिभिन्न संघसंस्था तथा कार्यालयहरुको सहयोग पाउँन थालेपछि स्वरोजगार बनेर आत्मनिर्भर बन्ने अठोट उनिहरुको छ । 

जिल्ला घरेलु तथा उद्योग बिकास कार्यालयको दलित लक्ष्यित बार्षीक कार्यक्रम भगत सर्बजित सीप बिकास प्रबद्र्धन कार्यक्रमको आयोजनामा सञ्चालीत सिलाइकटाइ तालीममा सक्रिर्य सहभागिता जनाएर सिप सिक्नमा महिलाहरु ब्यस्त छन ।

सानै उमेरमा बिबाह गरेर कक्षा १० मै पढाइ छोडेका महाकाली नगरपालीका ४ बंगाबगडका कलावति पार्कीको दुइ बच्चासहित ४ जनाको परिवार छ । तर परिवारमा कमाउँने कोहिपनि नहुदा घरखर्च धान्न मुस्कील हुनेगरेको छ । बालबच्चा हुर्काउँन र घरखर्च चलाउँने माध्यम को खोजि गर्ने क्रममा उहाँले सिलाइकटाइ रोज्नुभएको छ  । सिलाइ सिकेर ब्याबसायकै रुपमा अगाडि बढाउँने उनको उठोट छ ।

महाकाली नगरपालिका ८ धापका १९ बर्षीय कमला लुहारले पनि कक्षा १० बाटै पढाइ छोडिसक्नुभएको छ । सानै उमेरमा बिबाह गरेका कारण उनले थुप्रै समस्याहरुसंग पैठेजोरी खेल्नुपर्यो । अशिक्षा गरीबि बेरोजगारीका कारण दलित महिलाहरु प्छि परेको भन्दै अब केहि गर्ने दिन आएको उनि बताउँछिन । अरुसंग सहयोग माग्नुभन्दापनि आफै स्वरोजगार एब. आत्मनिर्भर बनेर आफ्नै खुट्टामा उभिने अठोट लुहारको छ ।

फागुन ८ गतेदेखी सञ्चालीत उक्त ३ महिने सिलाइकटाइ तालीममा सहभागि भएर महिला मात्रै हैन बिद्यार्थी र युवतिहरुले समेत सिलाइकटाइ सिकिरहेका छन । कक्षा १२ मा अद्ययनरत लक्ष्मी ओखेडाले समेत सिलाइ सिकेर स्वरोजगार बन्ने उदेश्य लिनुभएको छ ।

दलित महिलाहरुले परिवार समाजबाट सहयोग नपाउँदा पछि परेको उनिहरुले बुझेका छन । आफैबाट सुरु गरेर समाज परिवर्तनको अभियानमा लाग्न सके देशकै मुहार फेरीने महिलाहरुले उच्च मनोबल बोकेका छन ।

जनचेतना अभाब र बिभिन्न समस्याका कारण सानै उमेरमा बिबाह गरेर पढाई छोडेका महिलाहरुले सिलाइकटाइबाट सीप सिकेर व्यवसाय सञ्चालन गर्नसके अरुको सहारामा बाँच्नु पर्ने बाध्यताको अन्त्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ