2026-09-14 01:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

मोटरसाइकल चोरी गर्ने गिरोह दाङबाट पक्राउ

वैशाख ७ दाङ | तुलसीपुर इलाका प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

उक्त गिरोहले तुलसीपुर क्षेत्रबाट मोटरसाइकल चोरी गरी पहाडी जिल्ला रोल्पामा लगेर सस्तो मूल्यमा बिक्री गर्दै आएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएइको हो । उक्त गिरोहले गत कात्तिक महिनायता विभिन्न व्यक्तिका चारवटा मोटरसाइकल चोरी गरेको तथ्य फेला परेको इप्रका प्रमुख एवं प्रहरी उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । 

सोही आरोपमा पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका– ८ टिकरी निवासी २१ वर्षीय कृष्ण घर्ती, सोही ठाउँका २० वर्षीय कृष्ण वलीलगायत मोटरसाइकल खरिद व्यक्तिमा संलग्नसहित पाँच जनालाई सार्वजनिक गरिएको थियो । 

उक्त गिरोहले रातको समयमा घरमै पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गरेर नम्बर परिवर्तन गरी पहाडी जिल्ला रोल्पामा लगेर रु २५ देखि ५० हजार मूल्यमा बिक्री गर्ने गरेको इप्रका प्रमुख सापकोटाले बताउनुभयो । 

पटक÷पटक मोटरसाइकल चोरी गरेको हुँदा उक्त गिरोहलाई पटके कायम गरी मोटरसाइकलको बजार मूल्यअनुसार बिगो भराउनुका साथै जरिवानासमेत हुने गरी मुद्दा चलाइने प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ