२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

एमाले कालिकोटका अध्यक्षद्धारा अभिभावकत्व ग्रहण

७ बैशाख २०७५, शुक्रबार १५:३८

वैशाख ७, कालिकोट | नेकपा एमाले कालिकोटका अध्यक्ष नगिन्द्र शाही ‘नेशनल’ले जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. १ का ७ बर्षिया शुशिल बादीलाई विद्यालय भर्ना गरेका छन् । सरकारले यही बैशाख ५ गतेदेखी औपचारिक रुपमा सुरु गरेको विद्यार्थी भर्ना अभियान अन्तर्गत एमाले कालिकोटका अध्यक्ष शाहीले लालपुर्जा विहीन कृष्ण वादी र उनकी धर्मपत्नी सुर्जकला बादीका छोरा शुशिल बादीलाई विद्यालय भर्ना गरेका हुन् ।  

‘हामी सबैको इच्छा, निःशुल्क अनिवार्य आधारभुत शिक्षा, आर्थिक सामाजिक सांस्कृतिक एवम शारिरिक अशक्तताको कारणले विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई खोजी खोजी भर्ना गराउँ’ भन्ने मुल नाराका साथ विद्यार्थी भर्ना अभियान अन्तर्गत कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा नं १ मा रहेको महादेव आधारभुत विद्यालय बालमन्दिरमा एमाले अध्यक्ष शाहीले गरिब तथा विपन्न परिवारका शुशील बादीलाई कक्षा १ मा भर्ना गरी उसको अभिभावकत्व ग्रहण गरे ।

खाँडाचक्र नगरपालिका निवासी लालपुर्जा विहीन बुवा कुष्ण बादी र आमा सुर्जकला बादीका छोरा शुसील बादीलाई माहादेव आधारभुत विद्यालय बालमन्दिरमा भर्ना गरी कक्षा १ देखी कक्षा १० सम्मको सबै पढाई खर्च आफैले व्यहोर्ने प्रतिबद्धता जनाए । महादेव आधारभुत विद्यालय बालमन्दिरकी प्राधानाध्यापक नन्दाकुमारी शाहीको अध्यक्षतामा भएको विद्यार्थी भर्ना कार्यक्रममा उनले अभिभावकत्व ग्रहण गर्दै कालिकोट जिल्लाका शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना गर्न सबैले अभियान थाल्नुपर्ने बताए ।

शिक्षा विना व्यक्ति तथा मुलुकमा सम्मृद्धी नहुने बताउँदै उनले जिल्लालाई साक्षर जिल्लाका रुपमा विकास गर्नका लागि कुनै पनि बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर राख्न नहुनेमा जोड दिए । उनले भने, ‘विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई पढ्नबाट बञ्चित नराउनको लागी भर्ना अभियानको अवधीमा सबैले जागरुक भएर गाउँगाउँ टोल टोलमा भर्ना अभियान सञ्चालन गर्नुपर्छ ।’

जिल्ला शिक्षा अधिकारी बिष्णु तिवारीले कालिकोट जिल्लामा अझै २ प्रतिशत विद्यालय उमेरका बालबालिकाहरु विद्यालय बाहिर रहेको जानकारी दिए । उनले गत बर्षको तथ्याङ्क अनुसार ९८ प्रतिशत विद्यालय उमेरका विद्यार्थीहरु विद्यालय भर्ना भएको बताए । उनले भने, ‘यस बर्ष हामीले ९८ प्रतिशतबाट ९८ दशमलव ५ प्रतिशत विद्यार्थीहरु विद्यालय भर्ना गर्ने लक्ष्य राखेका छौ । सत प्रतिशत विद्यार्थीहरु विद्यालय भर्ना गर्न यस बर्ष पनि नसकिने उनको भनाई छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य