Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा एक्कासी बेहोस भएकी एक महिला अस्पताल नपुर्याउदै मृत्यु

२०७५, १० बैशाख सोमबार ०६:०२

टेकबहादुर शाही/बैशाख १० डोल्पा | ठुली भेरी नगरपालीकाकि एक महिलाको एक्कासी बेहोस भएर र्मत्यु भएको छ । वडा नं ८ डाँगीबाडाकी बर्ष ३८ की धना डागीको बिहान ११ बजे एक्कासी बेहोस भएर जिल्ला अस्पताल डोल्पामा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको  भएको छ । 

मृतक धना डागी बिहान भरी वारिमा आलु गोडेर दिउसो गोठको मल निकाल्दै गर्दा एक्कासी बेहोस भएर लडेको धनाका श्रीमान लाल चन्द्र डाँगीले बताए । उनले भने बिरामै खासै कुनै पनि थिएन काम गर्दै गर्दा बेहोस भएर लडिन उपचारको लागि जिल्ला अस्पताल लगेर डक्टरलाइ देखाउदा अस्पातलले मृत भएको घोषणा गर्यो । 

धनाको शरिरका केहि अंगमा समस्या भएको र मुटुको समस्याले उनको बेहोस भएकै अबस्थामा मृत्यू भएको डक्टर लक्ष्मण नेपालले बताए । बेहोस अबस्थामा अस्पतालको आपतकालिन कक्षमा पुर्याउदा उनको मृत्यु भै सकेको जिल्ला अस्पताल डोल्पाले जानकारि दिएको छ । 

एक्कासि बेहोस भएको अवस्थामा ७० प्रतिशत मानिसको मृत्यू हुने र अन्य ३० प्रतिशतको अन्य कुनै कारणले मृत्यू हुने जिल्ला अष्पतालका डा लक्ष्मण नेपालले जानकारी दिए । उनले भने यस्तो अवस्थमा चाल सम्बन्धि गडबड,ग्रन्थि सम्बन्धि समस्या,रक्त नलीमा समस्या,दिमागले काम नगरे पछी मृत्यु हने बताए ।

पछिल्लो समयमा एक्कासि मृत्यू हुने रोगको समस्याहरु डोल्पा जिल्लामा बढ्दै गएको डक्टर नेपाले बताए । उनले भने मानिसको जिवन यापन परिवर्तन, शारिरीक ब्यामको कमि र सरुवा रोगहरु भित्रिदै गरेको कारण पनि डोल्पामा यस्तो रोग बढ्दो क्रममा रहेको दावी गरे । पछिल्लो ३ महिनामा ३ जनाको एक्कासि मृत्यू हुने रोगबाट ज्यान गएको जिल्ला अस्पताले जानकारि दिएको छ । 

कम पानि पिउनु,तनाव धेरै लिनु,खानपानमा ध्यान नदिनु,शारिरीक ब्यामहरु नगर्नु,बिलाशिताको जिवन यापनमा लुप्त हुनु, चिल्लो पदार्थको मात्रामा प्रयोग बढि गर्नु,मध्यपान तथा धुम्रपान गर्नु नै एक्कासि हुने मृत्यूका प्रमूख कारण भएको चिकित्सकहरु बताउछन । चिकित्सकहरु भन्छन हामी सामान्य ठान्दछौ तर हामीलाइ कुनै पनि तरिकाले एक्कासि हुने रोगले मृत्यूको मुखमा धकेल्न सक्छ त्यसैले होसियार रहन जरुरी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ