प्रभात सुवेदी । बैशाख १०, बर्दिया ।
नेपाली नागरिकहरुमा जनचेतना, सचेतना, ज्ञान र सद्बुद्धिको कमी भएकोले नेपाली नागरिकहरुमा सही चेतना, ज्ञानका लागि आज बर्दियाको गुलरिया बजर स्थित मुख्य चोक राधाकृष्णचोकमा पाञ्चायन पुज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । बैशाख १०, बर्दिया ।
नेपाली नागरिकहरुमा जनचेतना, सचेतना, ज्ञान र सद्बुद्धिको कमी भएकोले नेपाली नागरिकहरुमा सही चेतना, ज्ञानका लागि आज बर्दियाको गुलरिया बजर स्थित मुख्य चोक राधाकृष्णचोकमा पाञ्चायन पुज"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

नागरिक सचेतनाका लागि पाञ्चायन पूजा

२०७५, १० बैशाख सोमबार ०७:५७

प्रभात सुवेदी । बैशाख १०, बर्दिया ।
नेपाली नागरिकहरुमा जनचेतना, सचेतना, ज्ञान र सद्बुद्धिको कमी भएकोले नेपाली नागरिकहरुमा सही चेतना, ज्ञानका लागि आज बर्दियाको गुलरिया बजर स्थित मुख्य चोक राधाकृष्णचोकमा पाञ्चायन पुजा गरिएको छ ।

साबिक जिल्ला बर्दिया गुलरिया न.पा. ६ हाल जिल्ला मकवानपुर, हेटौँडा उ.म.न.पा. २,  बस्ने स्वतन्त्र नेपाली नागरिक राकेश कुमार शर्माले नेपाली नागरिकहरुमा जनचेतना, सचेतना, ज्ञान र सद्धबुद्धिको कमी भएकोले नेपाली नागरिकहरुमा सही चेतना, ज्ञान र छिटो सद्बुद्धिका लागि पाञ्चायन पुजा गरेका हुन् ।
विगतका दिनहरुमा नेपालका विभिन्न क्षेत्रहरुमा कहिले संविधान नबनाएकोमा, सानो मुलुकमा संघीयता उपयुक्त नभएको बताउँदै श्राद्धहरु गर्दै आएका स्वतन्त्र नागरिक राकेश कुमार शर्माले पाँच बुँदे धारणाहरु सार्वजनिक गर्दै आज पाञ्चायन पूजन गरेका छन् ।
उनले सार्वजनिक गरेका पाँच बुदाहरुमा निम्न कुराहरु उल्लेख गरेका छन् :

    
१. विक्रम सम्वत् २०६२÷०६३ साल पछि प्रधानमन्त्री, मन्त्री, सभासद, सांसद र राजनितिक दलका नेताहरुको कारण मुलकको स्वाधिनता धरापमा परेको र राज्यकोष ढुकुटी दुरुपयोग भईरहेको छ । प्रधानमन्त्री, मन्त्री, सभासद, सांसद र राजनितिक दलका नेताहरुले लाज पचाए । विश्वको एक मात्र हिन्दू राष्ट्र रहेको नेपाल हाम्रो मुलुक थियो । प्रधानमन्त्री, मन्त्री, नेताहरु र सभासद (सांसद) हरुले अर्बौ खर्बौ डलर खाएर हिन्दु राष्ट्रलाई हटाएर जर्बजस्ती धर्म निरपेक्षता लादे र पाँच वटा विकाश क्षेत्रबाट सात वटा प्रदेश बनाए ।
२. हाम्रो मुलुकमा प्रधानमन्त्री, मन्त्री, सभासद, सांसद र राजनितिक दलका नेताहरुले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको खिल्ली उडाए । उदाहरणका लागी अमेरीका, भारत र चाईना आदि आदी जस्ता मुलृुकहरुलाई प्रजातान्त्रिक र गणतान्त्रिक मुलुक भनिन्छ ।
३. जग्गाको भु–भाग, हेक्टर र जनसंख्या बढी भएका विशाल मुलुकहरु अमेरीका, भारत र चीन आदी जस्ता मुलुकहरुका लागि संघीयता उपयुक्त छ । तर हाम्रो मुलुक नेपालको जग्गाको भु–भाग, हेक्टर र जनसंख्या भारतको बिहार प्रान्त/राज्यको पटना जत्रो सानो आकारको छ । यसकारण हाम्रो मुलुकमा संघीयताको आवश्यकता छैन । हाम्रो मुलुक नेपालको लागि संघीयता अफाब र घातक छ । संघीयताले मुलुकलाई असफल राष्ट्र बनाउँदै छ । सधैंभरि मुलुक संक्रमणकाल अबस्थाबाट गुज्रीेरहने हो भने अव हामो मुलुक नेपाल असफल राष्ट्रमा घोषित हुन बेर छैन निकट छ ।
४. वि.सं. २०६२/०६३ पछि मुलुकको राष्ट्रिय अखण्डता र स्वाधिनतालाई प्रधानमन्त्री, मन्त्री, सभासद , सांसद र राजनीतिक दलहरुका नेताहरुबाट धरापमा पार्ने काम भएको छ । यसका लागि दोषी र जिम्मेवार हामी नागरिकहरु छौ । यस्तै अवस्था मुलुकको रहि रहने हो भने रुवान्डा, सिरिया, अफगानिस्तान, हाइटी, टर्की, लेवनान, सुडान र इथोपिया आदि आदि जस्ता राष्ट्र हुन के बेर । कति समय लाग्छ र ? सपार्नलाई समय लाग्छ । तर बिग्रनलाई पलभर समय पनि लाग्दैन यसकारण बेलामा आम नागरिकहरु सचेत र जागरुक हुन जरुरी छ ।
५. एक्काईसौं शताब्दीमा पनि आम नेपाली नागरीकहरुलाई जनचेतना र सचेतना नआएकोले हाम्रो मुलुकमा आर्थिक उन्नती र विकास नभएको हो । जुन मुलुकमा नागरकिहरु सचेत र जागरुक छन् । त्यस मुलुकमा आर्थिक उन्नति र विकास भई दिन प्रति दिन मुलुकले फड्को मारिरहेको अवस्था छ । हाम्रो मुलुकका नागरीकहरु सचेत र जागरुक नभएकोले प्रधानमन्त्री, मन्त्री, सभासद, सांसद र राजनितिक दलका नेताहरुले आफु मन लाग्दो र मनपरी काम गर्दै नागरिकहरुलाई झुक्याई रहेका छन् । नेपाली नागरीकहरुमा जनचेतना, सचेतना र जागरुकताको कमी छ । यसकारण नेपाली नागरिककहरु सचेत र जागरुक हुन जरुरी रहेको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते