२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

काँग्रेसले युगपुरुषलाई ६ बर्षमै भुल्यो

२०७२, ७ चैत्र आईतवार ११:१४

Girija-koirala.jpgपर्वत,  नेपाली काँग्रेसले आफ्नो पार्टीका लोकतान्त्रि आन्दोलनका महानायक गिरिजाप्रसाद कोइरालालाई ६ बर्ष नवित्तै भुलेको छ  ।

कोइरालको छैठौं स्मृति दिवस भएपनि पर्वत काँग्रेसले कुनै औपचारिक तथा अनौपचारिक कार्यक्रमको आयोजना गरेको छैन । उनको ८६ बर्षको उमेरमा २०६६ साल चैत ७ गते निधन भएको थियो ।

कोइराला परिवारको नेकामा भएको बर्चस्व १३ औं महाधिवेशनको अबधीमा भएको सुशिल कोइरालको निधनसँगै अन्त्य भएको जस्तो देखिएको छ ।

effefe43f

जसका कारण पनि कोइरालाको योगदान र कदरको मुल्याङकन गरी नेका पर्वतले एक दिनपनि कोइरालालाई सम्झेर पुष्पा अर्पण गर्न सकेन । पार्टीभित्र कोइराला परिवार र कोइरालाले गरेको योगदानको नेकाले १३ औ अधिवेशन सकिएसँगै उनीहरुको योगदानलाई तिलाञ्जली दिएको छ ।  देशभरी पनि विभिन्न ठाउमा विभिन्न संगठनको आयोजनामा  कोइरालाको सम्झना गरिएको बताइता पनि त्यो भने हुन सकेको देखिएन । स्वर्गिय कोईरालालाई काँग्रेसका मात्रै नेता नमानी सिंङो मुलुककै महानायक, युगपुरुष आदी नामले चिनाउने गरिन्छ । तर अन्य दल तथा सरकारको तर्फबाट उनको संझनाका कुनै कार्यक्रम आयोजना नहुनुलाई अस्वभाविक मानिएको त छ नै, आफ्नै पार्टीले समेत नसंझनु गैरजिम्मेवारपनका रुपमा लिईएको छ ।

12884545_1007744432613998_1594410003_n

उनको संझनामा पार्टीले औपचारिक रुपमा कुनै कार्यक्रम नगर्दा आम कार्यकर्ताहरुले पनि हिनतावोध गरेका छन् ।  उनको सार्थक पहलमा नै सशस्त्र संघर्षमा रहेको एकिकृत नेकपा माओवादी शान्ति प्रक्रियामा सहभागि भई निर्वाचनमा गएको थियो । उनकै नेतृत्वमा माओवादी र सात राजनीतिक दलहरुबीच २०६३ मंसिर ५ गते १२ बुँदे समझदारी भएको थियो।  २००३ सालमा विराटनगरमा भएको मजदुर आन्दोलनपछि उनी राजनितिमा लागेका हुन् । उनी २०४८ साल जेठ १२ गते नेपालको निर्वा्िचत प्रधानमन्त्री बनेका थिए भने २०५३ सालमा सम्पन्न नवौं महाधिवेशनबाट पहिलोपटक नेपाली कांग्रेसको सभापति चयन भएका थिए । २०५७ सालमा उनी दोस्रोपटक पार्टी सभापति चयन भएका थिए । उनकै नेतृत्वमा मुलुकमा २०६२÷६३ मा ऐतिहासिक जनआन्दोलन भएको थियो । जनआन्दोलनपछि राष्ट्रप्रमुख र सरकारप्रमुख दुवैको कार्यभार सम्हाल्ने मौका पाउने उनी एक मात्र नेपाली नागरिक हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित