पढ्न करिब 2 मिनेट लाग्छ

सास । बैशाख ११, बर्दिया ।

आगामी दुई वर्षे कार्यकालको लागि बर्दिया जिल्ल्ला अदालत बार एसोसियशन गुलरिया, बर्दियाको नयाँ कार्यसमिति चयनका लागि अहिले निर्वाचन प्रकृया अन्तर्गत मतदान शुरु भएको छ ।

कूल ७९ जना मतदाताहरु रहेको बर्दिया बारको यो १४अौं नेतृत्व हुने भएको बताइएको छ । नयाँ कार्यसमितिको चयनका लागि दुईओटा प्यानलहरु प्रतिस्पर्धामा रहेका छन् । जसमा गणतान्त्रिक–प्रगतिशिल पेशागत कानून व्यवसायीहरुको संयुक्त प्यानलका उम्मेदवारका तर्फबाट अध्यक्ष निर्मल सिग्देल, उपाध्यक्ष यमलाल भाट, सचिव गंगा बहादुर गुरुङ्ग, कोषाध्यक्ष दिलिप कुमार सिंह, र सदस्यहरुमा मदनराज ज्ञवाली, देवीराम भण्डारी, राजेन्द्र यादव, वीरेन्द्र कुमार थापा, रमेश चौधरी, सोमनाथ शर्मा, तीर्थ बहादुर चन्द र सोम बहादुर खड्का रहनुभएको छ ।

यसैगरी प्रजातान्त्रिक कानून व्यवसायीहरुका तर्फबाट अध्यक्ष देवीदत्त देवकोटा, उपाध्यक्ष खडानन्द तिवारी, सचिव लक्ष्मी नेपाल, कोषध्यक्षमा इतवारी चौधरी रहनुभएको छ भने सदस्यहरुमा ईश्वरी प्रसाद रेग्मी, गोपाल प्रसाद रेग्मी, विश्वनाथ श्रेष्ठ, धर्मराज घर्ती, कमल प्रसाद गुप्ता, टंकनाथ दाहाल, राधेश्याम थारु, होमप्रसाद न्यौपाने, काशिराम चौधरी र संजिव कुमार कर्ण रहनुभएको छ ।

नयाँ नेतृत्व चयनका लागि बर्दिया जिल्ला अदालत परिसरमा कानून व्यवसायीहरुको चहलपहल देखिन्छ । आजै मतगणना गरी नतिजा सार्वजनिक गर्ने तयारी रहेको छ ।