ग्राहकले किनेको चिनीमा रसायनिक पदार्थ यूरिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ग्राहकले किनेको चिनीमा रसायनिक पदार्थ यूरिय"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा ल्याब परिक्षणका लागि चिनीको सेम्पल लिइयो

२०७५, ११ बैशाख मंगलवार ०७:०७

चिसाङ शेर्पा/बैशाख ११ खोटाङ | दिक्तेलका पाण्डे भेराईटिजबाट ७ बट्टा चिनी ल्याब परिक्षणका लागि सेम्पल निकालिएको छ ।


ग्राहकले किनेको चिनीमा रसायनिक पदार्थ यूरिया मल मिसावट भएको भेटिएपछि जिल्ला प्रशासन, उधोग वाणिज्य संघ, सुरक्षा निकाय तथा सञ्चारकर्मीको रोहवरमा सञ्चालक पाण्डेको पसल र ट्रकबाट दोश्रोपल्ट ल्याब परिक्षण गर्न चिनीको सेम्पल निकालिएको हो ।


गत चैत्र ३० गते ग्राहकले किनेको चिनीमा यूरिया मल भेटिएपछि पशल सिलबन्दी गरी प्रारम्भिक नमूना परिक्षणले मात्र पर्याप्त नभएकाले मंगलबार सिलबन्दी खोलेर खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रयोगशाला ल्याब परिक्षणमा पठाउन दिक्तेल सल्लेरी टोलका सञ्चालक मकेश्वर पाण्डेको पसलको पहिलो तल्ला चिनी बिक्री कक्षबाट ५ सय ग्रामको ३ बट्टा, गोदाममा प्याकिङ गरेको बोराबाट ५ सय ग्रामको १ बट्टा र ना ५ ख ७१३० ट्रकबाट ३ सय ग्रामको ३ बट्टा चिनी निकालिएको हो । 

प्रारम्भिक छानबिनको नमूना र दोश्रोपल्टको नमूना सेम्पल खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रयोगशालाको अन्तिम परिक्षण प्रतिबेदन, साक्षीहरुको बयान, किन्ने ग्राहकको उजुरीको आधारमा सञ्चालक बिरुद्ध फैसला हुने प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए । 

तत्काल प्रहरीले अनुसन्धान टुङग्याईसकेपछि सरकारी वकिलमा पठाउँछ । उहाँले भन्नुभयो “सरकारी वकिलले अभियोग पत्र तयार गरेर जिल्ला प्रशासनमा कागजपत्र पठाएपछि मुद्धा दायर हुन्छ ।”  

दोश्रोपल्ट ल्याब परिक्षणका लागि चिनी लिएपछि पसल र ट्रकको सिलबन्दी खुल्ला गरिएको छ । पसलमा उत्पादन नहुने, तयारी सामग्री विक्री गर्ने र नेपाल सरकारले तोकेको कानुन अनुसार दर्तागरी व्यवसाय सञ्चालन गरेकाले रोकिराख्न नपर्ने भएकाले सिलबन्दी खुल्ला गरिएको प्रजिअ अधिकारीले जानकारी दिए ।

ट्रकमा राखिएको साँढे तीन बोरा चिनी नष्ट गर्न सञ्चालक पाण्डेलाई निर्देशन दिईएको छ । पाण्डे भेराईटिजका सञ्चालक यसअघि पनि विधुत चोरी लगायतका विभिन्न काण्डमा मुछिएको बुझिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित