५ माघ २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको उग्रतारा मन्दिरमा वेद विद्याश्रम सञ्चालन

११ बैशाख २०७५, मंगलवार ०८:२९

वैशाख ११ डडेल्धुरा | डडेल्धुरा जिल्लामै पहिलो पटक हिन्दू धर्मको जगेर्ना गनेृ उद्देश्यले उग्रतारा वेद विद्याश्रम खोलिएको छ । जिल्लाको अमरगढी नगरपालिका–८ स्थित सुदूरपश्चिमकै महाशक्ति पीठका रुपमा रहेको प्रसिद्ध उग्रतारा भगवती मन्दिर परिसरमा रहेको धर्मशालामा वेद विद्याश्रम खोलिएको हो । 

सरकारको भर्ना अभियान सँगसँगै नयाँ शैक्षिकसत्र २०७५ का लागि कक्षा ६ मा २० बालकलाई भर्ना गरिने उग्रतारा वेद विद्याश्रमले जनाएको छ । 

सामुदायिक विद्यालयका नेपाली, अंग्रेजी, गणित र सामाजिक पाठ्यपुस्तकसँगै अन्य चार वटा वेद, व्याकरण, संस्कृतिलगायत आठ वटा विषयमा अध्यापन गराइने उग्रतारा क्षेत्र विकास समिति तथा उग्रतारा वेद विद्याश्रमका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिनुभयो । 

उग्रतारा मन्दिरको धर्मशालाका छ वटा कोठामध्ये दुईमा पठनपाठन गराइने र चार कोठामा आवासको व्यवस्था गरिने भएको छ । 

आश्रमका अध्यक्ष साँकीका अनुसार आन्तरिक व्यवस्थापनको समस्याका कारण यो वर्ष २० जनाको मात्रै कोटा राखिएकामा अहिलेसम्म १६ विद्यार्थी भर्ना भइसकेका छन् । हालसम्म डडेल्धुरा, बैतडी र डोटीबाट ब्राह्मण जातिका बालक भर्ना हुन आएका छन् । 

पहिलो वर्षमा शास्त्री पास गरेका एकजना स्थानीय र बाँकी विषयगत शिक्षक नियुक्त गरिने सरकारी विद्यालय समान मान्यता प्राप्त सो विद्यालयमा वैशाख २० गतेदेखि नियमित कक्षा सञ्चालन हुनुअघि उद्घाटन गरिने अध्यक्ष साँकीको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रााष्ट्रपति ट्रम्पको शपथ समारोहमा सहभागी हुन ढकाल अमेरिका प्रस्थान आगामी स्थानीय तहको निर्वाचनमा २५० पालिका जित्छौं : अध्यक्ष प्रचण्ड इरानमा आक्रमणकारीले सर्वोच्च अदालतका २ न्यायाधीशको गोली हानी गरे हत्या नयाँ दलहरु अरुलाई देखाएर भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगे: राजेन्द्र लिङ्देन यू-१९ टी-२० महिला विश्वकप: पहिलो खेलमा नेपाल बङ्गलादेशविरुद्ध पराजित ज्येष्ठ नागरिकलाई अध्यक्ष प्रचण्डको सम्मान यु-१९ महिला विश्वकप : नेपालले बंगलादेशलाई दियो ५३ रनको लक्ष्य नक्साल क्षेत्र पर्यटकीय गन्तव्य बोकेको क्षेत्र होः गगन थापा योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : डा रामवरण यादव हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु अध्यक्ष प्रचण्डले लिए भक्काको स्वाद मुकुललाई पार्टीमा ल्याउनुपर्ने माग राख्ने रास्वपाका कोशी प्रदेश सभापति निलम्बित इजरायली क्याबिनेट गर्‍यो गजामा युद्ध विरामको स्वीकृत आज मधेश सरकारले बलिदानी दिवस मनाउँदै आजदेखि यु–१९ महिला विश्वकप सुरु : पहिलो खेल नेपालले आज बंगलादेशसँग खेल्दै आज यस्तो छ, विदेशी मुद्राको विनिमय दर आज काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन आज देशभरको मौसम मुख्यतया सफा रहने रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दा दर्ता गर्ने तयारी हालान्डले सिटीसँग गरे १० वर्ष लामो सम्झौता