२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीको एक कार्यालयमा वर्षौंदेखि गाडी थन्किए

११ बैशाख २०७५, मंगलवार ०९:१५

वैशाख ११ गौशाला | महोत्तरीको जलेश्वर नगरपालिकास्थित भूमिगत जलस्रोत विकास समिति शाखा कार्यालयमा वर्षौंदेखि गाडी थन्किएका छन् । 

महोत्तरी, धनुषा, सर्लाही र सिन्धुलीको संयुक्त उक्त कार्यालयको परिसरमा ती गाडी थन्किएका हुन् । सो कार्यालय परिसरभित्र करीब चार बिगाहा क्षेत्रफलमा तीनवटा रिङ मेशिन, एउटा पानी ट्याङ्कर, तीनवटा जिप, तीनवटा ट्र्याक्टर, चारवटा ट्र्याक्टरका टेलर, दुईवटा ट्रक र एउटा ठूलो जेनेरेटर तथा दर्जनभन्दा बढी पम्पलगायत मेशिन बेवारिसे अवस्थामा छन् । 

चारवटै जिल्लामा स्यालो ट्यूबवेल, डिप ट्यूबवेल जडान, इनार निर्माण र पम्प हाउस तथा पानी वितरणका लागि प्रयोग गरिने लाखौँ मूल्यका गाडी प्रयोगविहीन अवस्थामा छन् । कुनैबेला सो कार्यालयले आफँै सिँचाइ सुविधाका लागि सम्पूर्ण काम गर्दा ती गाडी तथा मेशिन प्रयोग गर्ने गरेका थिए । पछिल्लो समय ती कार्यालयका काम ठेक्का र बोलपत्रमार्फत हुन थालेपछि चालू अवस्थामै रहेका गाडी र मेशिन थन्क्याइएको हो । 

गाडी र मेशिनमा खिया लागेको छ । थन्क्याइएका गाडी र मेशिनलाई कबाडीमै बेचे पनि रु ५० लाखभन्दा बढी राजश्व संकलन हुने देखिन्छ । सो कार्यालयका इन्जिनियर गोपालप्रसाद साहले गाडी तथा मेशिन लिलामी प्रक्रियाका लागि विभागमा पत्र पठाइसकेको बताउनुभयो । 

कार्यालय प्रमुख राजेन्द्र न्यौपानेले लिलामीका लागि पटक पटक पत्राचार गरेपनि वर्षौंदेखि लिलाम हुन नसकेको बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो