२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

बिहेको २५ वर्ष बित्दा पनि नागरिकता पाइनन् महोत्तरीकी ललिताले

१२ बैशाख २०७५, बुधबार ०६:०२

वैशाख १२ गौशाला | महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाकी ४० वर्षीया ललितादेवी पासवानको बिहे भएको २५ वर्ष बितिसक्दा पनि नागरिकता प्राप्त गर्न सकेकी छैनन् । 

पिपरा गाउँपालिका–१ बस्ने शत्रुघन पासवानकी पत्नी ४० वर्षीया ललिताका चार सन्तान पनि रहेका छन् तर उनले अहिलेसम्म नागरिकता पाउन सकेकी छैनन् । 

धनुषा जिल्लाको खरिहानी माइती रहेकी ललिताले २०५० सालमा शत्रुघन पासवानसँग विवाह भएको र सोही बेलादेखि नागरिकता बनाइदिन पतिलाई पटकपटकभन्दा पनि आज, भोलि भन्दाभन्दै २५ वर्ष बितिसकेको ललिताले बताइन् । किन नागरिकता नबनाइदिएको भन्ने कारण खुल्न सकेको छैन । 

गरीब र दलित परिवारकी ललिताले नागरिकताको अभावमा आफूले गाउँमा दलितका लागि आउने विभिन्न कार्यक्रममा सहभागी हुन नपाएको, छोराछोरीले स्कूल पढ्न नपाएको तथा अन्य विभिन्न सुविधाबाट समेत वञ्चित भएको गुनासो सुनाइन् । 

ललिताको बिहे भएको २५ वर्ष बितिसक्दा पनि नागरिकता किन नबनाइदिएको भनी उनका पति शत्रुघनसँग सोध्दा उनले पुनः आउँदो १५ दिनभित्र बनाइदिने बताए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने