पर्वत, जिल्लामा पाँच बर्ष पहिले संगठानात्मक रुपमा संगठित भएर जिल्लामा परोपकारी काम गर्दै आइरहेको रोट¥याक्ट क्लब अफ पर्वतले आफ्नो भर्खरैमात्रै स्थापना दिवस मनाएको छ स्थापना दिवसको अबसरमा जिल्लामा विभिन्न क्षेत्रमा आफ्नो सेवा प्रदान ग¥यो । त्यतिले मात्रै उनीहरुको सेवाभावलाई समिति राख्न सकेन जसका कारण पनि विहिबार उनीहरुको मन फेरि आर्थिक रुपमा विपन्न दलित तथा एक महिला र स्कुले बालबालिकामाथि गयो । विहिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुले विपन्न महिलालाई बाख्रा र स्क्ुले बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तण गरे ।होम्स अफ होप नेपालको सहयोगमा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको अािर्थक स्तरोन्नतीका लागि उन्नत जातका बाख्रा वितरण गरेको हो ।
क्लवले दुर्लुङ्गका जुम बहादुर गुरुङ्ग र भिम बहादुर गुरुङ्ग, पकुवाका सीता पौडेल तथा ठुलीपोखरीका पार्वती विश्वकर्मालाई बाख्रा हस्तान्तरण गरेको हो । आर्थिक अवस्थाकै कारण अन्य समस्या आउन नदिनका लागि बाख्रा हस्तान्तरण गरिएको क्लवका अध्यक्ष सन्तोषराज पौडेलले बताए । कृषकहरुलाई हस्तान्तरण गरिएका बाख्राबाट प्रत्येक कृषकले एक पाठी क्लवलाई फिर्ता गर्ने तथा क्लवमा फिर्ता गरिएका पाठी अन्य कृषकहरुलाई वितरण गरिने जनाईएको छ । यसैबिच क्लवले बिहिबार नै आर्थिक अवस्था कमजोर भएका दुई छात्रालाई छात्रवृत्ति समेत वितरण गरेको छ । नमुना आवासीय उच्च माध्यमिक विद्यालयमा अध्ययनरत आशा पुन र विपना सुनार लाई क्लवले नगद रु १०÷१० हजारका दरले छात्रवृत्ति वितरण गरेको हो ।
सोही, कार्यक्रममा पञ्चरत्न प्राथमिक विद्यालयका १५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री समेत वितरण गरिएको छ । आर्थरको उक्त विद्यालयमा कक्षा एक देखि पाँचसम्म अध्ययनरत विद्यार्थीलाई झोला, ड्रेस र कपी वितरण गरिएको हो । यस्तै प्रगतिशिल आमा समूह ठुलीपोखरीलाई एक थान स्ट्रेचर समेत वितरण गरिएको छ । क्लवले समुहका अध्यक्ष सीता लामिछानेलाई स्टे«चर हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथी रोटरियन डा. तुलसी महर्जन र क्लवका अध्यक्ष सन्तोषराज पौडेलले संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण पछि बोल्दै प्रमुख अतिथी महर्जनले रोट्रयाक्ट क्लव अफ पर्वतको सहयोगी भावनाको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोगी कार्यको लागि शुभकामना दिएका थिए । सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा सहयोगको लागि नै रोटरी र रोट्रयाक्ट क्लवको स्थापना गरिएको बताउँदै उनले उद्धेश्य अनुसारको कार्य गर्नका लागि सदा तत्पर रहन आग्रह गरेका थिए । कार्यक्रममा रोटरी क्लव अफ पर्वतका पदाधिकारी, रोट्रयाक्ट क्लवका पदाधिकारी, पत्रकार, शिक्षक, विद्यार्थीहरुको उपस्थिती रहेको थियो । क्लवका सदस्य मिना खड्काको स्वागत रहेको कार्यक्रमको सञ्चालन सचिव आरसी पौडेलले गरेका थिए ।