२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

निर्माण भएको भवन विद्यालयलाई हस्तान्तरण नहुदा पढाईमा समस्या

१३ बैशाख २०७५, बिहीबार ११:४२

नन्द बहादुर रोकाया/वैशाख १३ मुगु | छाँयानाथ रारा नगरपालिका १४ वडामा रहेको श्री हिमदोय नि.मा.वि. लाई एक गैर सरकारी संस्थाले निर्माण गरिदिएको भवन छ बर्ष सम्म पनी हस्तान्तरण नगरिदिदा विद्यार्थीको पढाईमा समस्या भएको छ ।


गुड नेवर इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा असल छिमेकि नेपाल नामक गैर सरकारी संस्थाले श्री हिमदोय नि.मा.विका लागी ०६९ बाट निर्माण गरिएको दुई तले १६ कोठे भवन निर्माण सम्पन्न गरी छ वर्षसम्म भवन हस्तान्तरण नगर्दा बिद्यार्थीहरुको पढाईमा समस्या पुगेको हो।

कुल १ करोड ८४ लाखमा निमार्ण कार्य सम्पन्न भई सक्दा पनि निमार्ण कार्य जिम्मा लिएका यि दुबै गैर सरकारी संस्था बिच आपसि विवादका कारण दुई संस्थाले सम्झौता तोडिएकै कारणले भवन अलपत्र परेको स्थानिय बासिको भनाई रहेको छ । 

भवन निर्माण सम्पन्न भइसकेको थियो संस्थाले विद्यालय लाई हस्तान्तरण नगरेपछी बेबारिसे भयो ०७२ वैशाख १२ गतेको हावाहुरीले भवनको पुरै टिनको छाना उडाएर लग्यो  छाना उडाएपछी अहिले भवन जिर्ण बन्दै गएको छ । कुनै निकाय संग सहयोग मागेर छाना हालेर प्रयोगमा ल्याउन प्रयास गरेका भएपनि हस्तान्तरण नगरेको भवन फेरी कानुनी समस्या हुने डरले अरु निकायले पनि सहयोग दिन नमानेकाले विद्यार्थीहरुको पढाईमा बाधा पुगेको हिमदोय विद्यालयका प्रअ हंस बहादुर बढुवालले बताउनुभयो । 

"२ सय ७० जना विद्यार्थीलाई चार कोठामा बहु कक्षा सञ्चालन गरी पठनपाठन गराउदै आएका छौ । भवन दिन प्रति दिन जिर्ण बन्दै जान थालेपछी  नयाँ टिन हालेर  भवन प्रयोगमा ल्याउन प्रयास बिद्यालयले गरेका भएपनीसहयोगि दाताहरु अर्कैले निर्माण गरेका भवनमा लगानी गर्दा बिभिन्न समस्या आउने भन्दै सहयोग गर्न नमान्ने गरेको उहाँको भनाई छ ।"

कक्षा कोठा अभावका कारण सबै कक्षाका बिद्यार्थी चकर्लो घाम र चिसोमा समेत खुल्ला चौरमा पढ्न बाध्य भएको र पुरानो भवनका चार कोठा मात्र छन सबै बिद्यार्थीलाई नपुग्ने भएकाले पानी पर्दा पढाई छोडेर घर आउनु पर्छ कक्षा ६ मा अध्यनरत बिद्यार्थी दिपक बुढा गुनासो पोखे ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य