२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा पाठेघरको नि–शुल्क शल्यक्रिया गरिदै

२०७५, १३ बैशाख बिहीबार १५:५५

टेकबहादुर शाही | बैशाख १३, डोल्पा | जिल्ला अस्पताल डोल्पामा पाठेघरको नि–शुल्क शल्यक्रिया गरिने भएको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान र नेपाल सरकारको संयूक्त आयोजनामा प्रतिष्ठानले डोल्पामा पहिलो पटक महिलाको पाठेघरको शल्यक्रिया हुन लागेको जिल्ला अस्पताल डोल्पाले जानकारी दिएको छ । 

बेहोस बनाउने बिशेषज्ञ,बालरोग बिशेषज्ञ,महिला तथा स्त्रीरोग बिशेषज्ञ र सामान्य चिकित्सक बिशेषज्ञ सहित ४ जना बिशेषज्ञ र अन्य चिकित्सक सहित ७ जनाको बिशेष टोलिले पहिलो पटक डोल्पामा नि–शुल्क शल्यक्रिया गर्न लागेको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान डोल्पाका मेडिकल सर्जक डक्टर अनुप मंल समालले जानकारी दिए । उनका अनुसरा दुर्गम डोल्पामा प्रतिष्ठानले महिलाहरुकै पाठेघरको समस्यालाइ शल्यक्रिया गर्ने उद्धेश्यले नि–शुल्क शिबिरको आयोजना गरिएको बताए । 

बैशाख १४ गतेबाट हुने नि–शुल्क शिबिरमा जिल्लाका १० जना महिलाको ल्यक्रिया गरिने नाम तयार भएको डक्टर समालले जानकारी दिए । उलने भने ७ जना आज सम्म सम्पर्कमा आएको र अन्य पनि शिबिरिको अबधिभरमा आएर शल्यक्रिया गरिने छ । 


तिन महिना पहिले देखि नै जिल्लाका सबै स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मिहरुलाइ महिलाको पाठेघरको शल्यक्रिया हुनेबारे तालिम दिएर स्वास्थ्य चौकिमा पठाएकोले जिल्लाभर प्रचारप्रशार राम्रो संग पुगेको सुचना अधिकारी तारा बोहराले बताइन । उनका अनुसार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले डोल्पामा गर्न लागेको यो शिबिरको फाइदा धेरै पाठेघरका समस्या भएका महिलाहरुले लिन सक्ने जानकारी दिइन । 

शिबिरको अबधिभर महिलाको पाटेघरको चेकजाच र शल्यक्रियामात्र नभएर सबै किसिमा रोगहरुको उपचार पनि हुने डक्टर अनुप समालले जानकारी दिए । उनले भने शल्यक्रिया गर्ने महिलाहरुले मात्र नभएर अन्य पाठेघर सम्बन्धी सेतो पानि बग्ने,गन्हाउने पानि बग्ने लगाउतका अन्य थुप्रे समस्या भएका महिलाहरुले पनि नि–शुल्क स्वास्थ्य शिबिरको फाइदा लिन सक्नेछन । 

लाखौ रुपैया खर्च गरेर शहरका महगा अस्पतालमा उपचार गर्न नसक्नेबेलामा जिल्लामै नि–शुल्क शल्यक्रिया हुने जानकारी स्वास्थ्यकर्मिले दिए पछि घरको सबै काम थाति राखेर जिल्ला अस्पतालमा पुगेको काईके गाउपालिका ५ कि ४७ बर्षिया छिरिङक्यामु रोकायाले बताइन । उनी भन्छीन ८ वटा सन्तान जन्माए ३ को मृत्यू भयो ५ संगै छन पहिलो बच्चा जन्मने बितिकै पाठेघरको समस्या आयो यस पटक त बाच्ने आसा पलयो जिल्लामै नि–शुल्क शल्यक्रिया हुने भए पछि । 


जिल्ला अस्पतालमा पहिलो पटक नि–शुल्क पाठेघरको शल्यक्रिया हुने भए पछि गाउगाउबाट पाठेघरका समस्या भएका महिलाहरु र अन्य चेकजाच गराउने महिलाहरु जिल्ला अस्पताल पुगेका छन । हिमाली जिल्लाका महिलाहरुलाइ कामको अत्याधिक भार पर्ने र पाठेघरको समस्या आउने गरेकोले डोल्पाका ३० प्रतिशत भन्दा धेरै महिलाहरु पाठेघरका समस्या भोगी रहेको स्वास्थ्यको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी