२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

प्रगती समीक्षा गोष्ठि सम्पन्न

२०७५, १३ बैशाख बिहीबार १६:५७

वैशाख १३, कालीकोट | ग्रामीण पुननिर्माण संस्थाद्धारा सञ्चालित सामुदायिक विकास कार्यक्रम सिडीपि परियोजनाको प्रगती समिक्षासम्पन्न भएको छ । नेपाल सरकार र बेलायत सरकारको सहयोगमा कालिकोट जिल्लाका साविकका १० वटा गाविसमा सन् २०१५ देखी २०१८ सम्म सञ्चालित उक्त परियोजनाको जिल्ला समन्वय समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण तथा प्रगती समीक्षा गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमूख अनिपाल शाहीको अध्यक्षतामा भएको कार्यक्रममा आरआरएनका जिल्ला संयोजक लिलाराज न्यौपानेले सामुदायिक विकास कार्यक्रममार्फत कालिकोटमा भएका उपलब्धी र चुनौतीका बारेमा जानकारी गराएका छन् । साविकका फोईमहादेव, राँचुली, जुबिथा, छाप्रे, लालु, मेहेमुडी, मुम्रा, माल्कोट, रुप्सा र कोटवाडा गाविसमा नागरिक सचेतना केन्द्रको गठन गरि बिभिन्न सामाजिक तथा आयआर्जनका अभियानहरु सञ्चालन संयोजक न्यौपानेले बताए ।

उनका अनुसार ८५ वटा नागरिक सचेतना केन्द्रको गठन गरि सुशासनमा सवलीकरण, सामाजिक परिचालन, जीविकोपार्जनमा सहयोग, बिपद् जोखिम न्यूनिकरण लगायतका क्षेत्रमा सहयोग गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमूख अनिपाल शाही, निमित्त प्रमूख जिल्ला अधिकारी राजकुमार दुलाल, डिएसपी सुवास चन्द्र्र बोहोरा, जिल्ला समन्वय समिति सदस्य नेत्रराज शाही, नेपाल पत्रकार महासंघका अध्यक्ष तुलाराम पाण्डे लगायतका सरोकारवालाहरुले सिडिपी परियोजनाले गरेका कामहरुका बारेमा प्रभावकारी अनुमगन गरिनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने