२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बल्झने हो की मधेस आन्दोलन

१२ चैत्र २०७२, शुक्रबार ०३:१३

लामो समय मधेस आन्दोलन र नाकाबन्दीका कारण देशले ठूलो रुपमा क्षती व्यहोर्न बाध्य भयो । नाकाबन्दी र मधेस आन्दोलनको घाउ अझै पुरा रुपमा निको हुन पाएको छैन । नाकाबन्दी र मधेस आन्दोलनका कारण थिल्चीएको अर्थतन्त्र अझै तङग्रीन समेत सकेको छैन । भूकम्पले थिलोथिलो पारेको जनजीवन अझै पनि पूर्ण रुपमा उठ्न सकेको छैन । नाकाबन्दीका कारणनै पूर्ननिर्माणको काम समेत ठप्प भएको अबस्था छ । मधेसी मोर्चाले आफ्नो माग सम्बोधन हुने आशका आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता गरी बसेको थियो तर आन्दोलनलाई सरकारले बेवास्था गरेको भन्दै बेलाबेलामा मोर्चाले आन्दोलन चर्काउने बताउँदै आएका छन् । आन्दोलनलाई थप शसक्त रुपमा अगाडी लैजानको लागि मोर्चाले आफ्नो शक्ति एकिकरण गर्न तर्फ लागेको छ भने आन्दोलनलाई सार्थकता तुल्याउन र उपलब्धीपूर्ण बनाउनको लागि मोर्चाले विदेशी शक्तिसँग समेत गुहार्न थालेको छ ।

यस्तो अबस्थामा एमाओवादीका अध्यक्ष प्रचण्डलाई तराइमा नछिर्न उर्दी जारी समेत  गरेको छ जसको संकेत फेरि मधेसमा मोर्चाको आन्दोलन हुने संकत पनि देखाएको छ । संविधानमा मधेसको हक  अधिकार समावेश बारे अझै पनि चित्त नबुझाएका मोर्चाहरु ठूला दलहरुलाई मधेसी जनता विरुद्धको संविधान जारी गरेको आरोप लगाउँदै र मधेस छिर्न मनाही गर्दै आएको छ । ‘मधेसी जनताको भावना कुल्चनकै संविधान जारी भएको भनि तिब्र अबसन्तुष्ट जनाएको मोर्चा फेरि सक्रिए भएर आन्दोलनमा होमियो भने प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चिन भ्रमणको औचित्य समाप्त हुने देखिन्छ ।

भ्रमण अगाडी समस्याको समधान हुने बताएता पनि त्यो हुन सकेन तर अझै पनि समस्याको समधान र मोर्चा र सरकारविच सहमतिय एजेण्डामा हस्ताक्षर हुन सकेको र्छैन जसका कारण पनि मधेस आन्दोलनका नाममा देशमा अन्य शक्तिले आन्दोलन चलाए विस्तार सरल र सहज हुदै गएको नेपालीको दैनिकीमाथि फेरि हिलो छ्याप्ने रणनीति नबनाउलान् भन्न सकिदैन त्यसैले सरकारले मधेसी मोर्चाको मागलाई आवश्यकताका आधारमा सम्बोधन गर्नु आवश्यक छ अन्यथा यसरीनै आन्दोलनमा देशलाई होम्ने हो भने देश अधो गतितर्फ उन्मुख हुने पक्का छ । ठूला दलले तत्तकाल मधेसीको मागलाई सम्बोधन गर्ने आधार तयार पारी निकास दिलाउन कोसिस गर्नु पर्छ र आन्दोलनलाई सदाको लागि बन्द गर्ने  प्रण समेत गनर्र््ु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ