2026-09-03 05:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पाका आगलागीपीडित भन्छन् ‘हाम्रो नाममा उठाएको राहतको खोइ ?’

टेकबहादुर शाही/वैशाख १४ डोल्पा | आगलागीबाट भग्नावशेष भएको आफ्नो घरमा दिनभर टोलाएर बस्नु र गाउँमा आएका नयाँ मानिसलाई आफ्नो भग्नावशेष घर देखाएर प्रतिप्रश्न गर्नु डोल्पा मुड्केचुला गाउँपालिका–९ होर्तका ३९ वर्षीया दत्त बुढाको आजभोली दैनिकी जस्तै बनेको छ ।

उनि भन्छन “ए हजुर तपाई काँबाट आया हौ राहत ल्याएर आउने मान्छे भेटाउ कि नाई राहत आउँछ भन्छन तर कसैले गतिलो सहयोग गरेका नाई तँमि किन आका हौ ”डोल्पाको होर्त गाउँमा पुग्ने जो कोही नौलो मानिसलाई सोधिने प्रश्न हो यो अग्नी पिडितको । 

“हाम्रो नाममा धेरैले राहत उठाएको सुनेका छौ तर अहिले सम्म कसैले दिएनन हाम्रो नाममो राहत पनि काठमाण्डौ लगायतका शहरमा बेचेर खाइसके रे खै कहिले राहत पाइएला हामी त घर न घाटका भयौ अर्की आगलागी पिडित नैनासरा बुढाले दुखेसो पोखिन” ।

०७४ पुस २४ गते भएको भीषण आगलागीबाट मुड्केचुला गाउँपालिका–९ होर्त गाउँका नैन बुढा,दत्त बुढा,कन्नगिरी बुढा,पुन्न बुढा र दलजीत बुढाको पाँच ओटा घर पुर्णरुपमा भग्नाबशेष बनेका थिए ।

आगलागीबाट घर,घरभित्र राखिएको अन्नपात लुगालत्ता र चलअचल सम्पत्ती सबै गुमाएर बेघर बनेका अग्नीपिडितहरु यत्तिखेर आफन्त र गाउँलेहरुले उठाउदै आएको मानोपिठोबाट बिहान बेलुकाको गर्जो टार्दै आएका छन ।

आगलागी भएको चार महिना सम्म पनि ओत लाग्ने सम्मको टहरो बनाउन नसकेपछि पिडितहरु आफन्तकै घरमा बसेर सहरा लिइरहेका छन । पिछडिएको गाउँ होर्तमा बसोबास गर्ने आर्थिक बिपन्न समुदायका आगलागी पिडितहरु यत्तिखेर राहतको प्रतिक्षामा छन ।

जिल्ला प्रशासन कार्यालय डोल्पाबाट अहिले सम्म आफुहरुले राहत बापत २७ हजार ५ सय ,नेपाल तरुणदल डोल्पाबाट कम्बल र बालबालिकाहरुलाई कपिकलम लगायतका शैक्षिक सामाग्रीहरु पाएको बताए । जिल्ला प्रशासन मार्फत राहत नगद १५ हजार,नागरिक समाज र नेपाल पत्रकार महासंघबाट ८ हजार ५ सय र कम्बल बाटोखर्च आरआरएन संस्थाले उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए ।

 आगलागी पिडितको नाममा धेरैले धेरैठाउँबाट नगद तथा जिन्सी सामाग्री उठाएको खवर आफुले पाएको तर अहिले सम्म कसैले पनि पिडितहरुलाई उपलब्ध नगराएकाले छानवीन थालनी गरिएको अध्यक्ष जयप्रसाद बुढाले बताए । उनले भने हामी राहात पिडितको हातमा पुर्याउछौ ।

मुड्केचुला गाउँ पालिकाका अध्यक्ष दत्तबहादुर शाहीले अग्नी पिडितहरुलाई प्रति घर ७० हजारका दरले घरको जग उठाउनको लागि राहत स्वरुप सहयोग गरिने नगरसभाले निर्णय गरेको जानकारी दिए । उनले भने डोल्पा आफैमा बिकट तथा दुर्गम भएकाले निमार्ण सामग्री जम्मा गर्न समस्या पर्नुका साथै महँगो समेत भएकाले घर ठड्याउन अग्नीपिडितहरुलाई गाह्रो भएको बताउदै सबै सहयोगी हातहरुको सहयोगको खाँचो रहेको पनि गाउँपालिका प्रमुख शाहीले बताए ।

जिल्ला प्रशासन कार्यालयले राहत बितरण गर्दा आफुहरुलाई अन्याय गरेको अग्नी पिडित कन्नगिरी बुढाले आरोर लगाए । उनले भने“हाम्रो लागी भनेर बिभिन्न निकायबाट राहत उठाईयो तर पुर्ण क्षेती र आँशिक क्षेतीको मुल्याँकन नै नगरि हचुवा र राजनीतिक दवावमा आगोले पिडित नभएकालाई पनि पुर्णक्षेती सरह राहत उपलब्ध गराइयो ।

डोल्पालीहरुको वर्ष भरीको खर्च आम्दानीको स्रोत मानिने बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलनको तयारीमा गाउँलेहरु जुटीरहेको बेला आगलागी पिडितहरु भने कहिले घर ठड्याउने भन्ने चिन्तामा छन ।

आगलागीबाट बेघर बनिरहेका होर्त गाउँका पिडितहरु र उनीहरुका बालबालिकाहरुको शैक्षिक समस्या समाधानको लागि जिल्ला दैबिप्रकोप उद्दार समिति,जिल्ला रेडक्रस र मानवीय सेवा गर्ने भनेर चर्को नारा दिदै आएका गैससहरुको ध्यान सम्बन्धित पिडितहरु समक्ष पुग्नु जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही