२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

देहरादूनबाट ल्याइएको दत्तात्रेय मूर्ति चन्दननाथमा पुनःस्थापन

२०७५, १५ बैशाख शनिबार ०७:३१

वैशाख १५, सुर्खेत (रासस) | जुम्लाको चन्दननाथ मन्दिरमा भारतको देहरादूनबाट दत्तात्रेयको मूर्ति ल्याएर पुनःस्थापन गरिएको छ । 

विसं २०७३ मंसिर ११ गते राति कर्णालीको धार्मिकस्थल चन्दननाथ मन्दिरबाट १८ केजीको दत्तात्रेयको मूर्तिसहित २१ थान अन्य मूर्ति चोरी भएका थिए । चोरी भएकामध्ये अन्य मूर्ति देपालगाउँ गाविस, देपालगाउँ नजिकैको खोलामा २०७३ पुस १९ गते बेबारिसे रुपमा फालिएको अवस्थामा भेटिएका थिए । चोरी भएकामध्ये सबैभन्दा ठूलो दत्तात्रेयको मूर्ति हालसम्म कतै नपाइएपछि देहरादूनबाट ल्याएर चन्दननाथ मन्दिरमा पुनःस्थापना गरिएको चन्दननाथ भैरवनाथ गुठी संस्थानका सचिव रमानन्द आचार्यले बताउनुभयो । सत्ताइस मूर्तिमध्ये दत्तात्रेयसहित छ मूर्ति पाइएका थिएनन् । 

मूर्ति हराएको डेढ वर्षसम्म मन्दिर खाली भएको र त्यसका विषयमा कोही कसैले चासो नदेखाएपछि देहरादूनबाट बाबा भवानी गिरीले आफ्नै लगानीमा दुई पण्डितसहित पित्तलबाट निर्मित दत्तात्रेयको मूर्ति जुम्ला पुर्याउनुभएको हो । उक्त मूर्ति विधिवत् रुपमा मन्दिरमा पुनःस्थापना गरिएको सचिव आचार्यले बताउनुभयो । 

यही वैशाख १३ गते बिहान ९:४५ बजेदेखि २७ घण्टे अखण्ड हवनसमेत मन्दिरभित्र चलाइएको थियो । दत्तात्रेयको मूर्ति व्यक्तिगत रुपमा ल्याएर प्रतिस्थापन गर्दा समेत सरकारी क्षेत्रको कुनै चासो नभएको धार्मिक सरोकार भएकाको गुनासो छ । 

हराएका बहुमूल्य मूर्तिको अनुसन्धान गरी पत्ता लगाउन नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले प्रत्यक्ष जिम्मा लिई स्थलगत अनुसन्धान थालेको थियो । बहुमूल्य चाँदीले बनेको र सुनको गजुर भएको मूर्ति पत्ता लगाउन ढिलाइ भएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जानकारी दिनुभयो । पन्धौँ शताब्दीमा सिद्ध चन्दननाथ बाबाले कालीमार्सी धान रोप्ने क्रममा चन्दननाथको पूजा आरम्भ गरेदेखि निरन्तर पूजा भइरहेको धार्मिक व्यक्तित्वको भनाइ छ । चन्दननाथ बाबाले जुम्ला राज्यका संस्थापक कल्यालवंशी राजा बलिराज शाहीको राजतिलक लगाएको समेत ऐतिहासिक प्रमाणमा रहेको जानकार बताउँछन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते