पर्वत चैत्र १३ गते । लायन्स क्लब अफ शिवालयको आयोजना पर्वतको ठूलीपोखरीमा भएको निशुल्क आँखा शिविरबाट तीन सय जना भन्दा बढी लाभान्वीत भएका छन् । लायन्स शिवालयको आयोजना र हिमालय आँखा अस्पातल पोखराको प्राविधिक सहयोगमा भएको उक्त आँखा शिविरबाट ठूली पोखरी र आसपासका गाविसका गरी तीन सय भन्दा बढीले सेवा लिएको लायन्स क्लबले जनाएको छ । उक्त शिविरमा १२ जना मोतिया विन्दु भएका व्यक्ति भेटिएको समेत आयोजक लायन्सले जनाएको छ । क्लबका अध्यक्ष निर्मल विश्वकर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एरिया कोर्डिनेटर लेखनाथ उपाध्याय, डिस्ट्रीक मेम्बर डा. चुडामणी शर्मा, डाइरेक्टर डिल्लीराम शर्मा लगाएतले बोलेका थिए । यसैविच लायन्सकै आयोजना कुश्मा पनि आइतबार जिल्ला अस्पातलमा आँखा शिविर र मोतीया विन्दु लागेका विरामीको सोमबार अप्रेशन समेत हुन लागेको लायन्सले जनाएको छ ।
दम र थाइराइड सम्बन्धी साहारामा क्याम्प
कुश्मामा रहेको सहारा सिटि हस्पीटलमा दम र थाइराइड रोग सम्बन्धी एक दिने क्याम बसेको छ । उक्त क्यामबाट दम र थाइराइड रोगका ४ सय ९३ जनाले सेवा लिएको हस्पीटल व्यवस्थापन समितिका उपाध्यक्ष राम पराजुलीले जानकारी दिए । डा. डि.बी क्षेत्रीले उपचार गरेका थिए उक्त क्याम्पबाट ६३ जनाको रगत परिक्षण गर्नको लागि काठमाडौ लगिएको र फेरि कुश्मामा क्याम्प बस्ने हस्पीटले जनाएको छ ।
निशुल्क आँखा शिविरबाट २ सय जना लाभान्वीत