३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दुई सयको निशुल्क आँखा उपचार

१४ चैत्र २०७२, आईतवार ०३:४१

पर्वतको बनौं गाविसमा करिव दुई सय जना व्यक्तिहरुको निःशुल्क आँखा जाँच गरिएको छ  । शनिबार लायन्स क्लव अफ पर्वत मोदीकालीको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा बनौं र आसपासका गरि एक सय ८० जना व्यक्तिहरुको निःशुल्क आँखा परिक्षण गरिएको हो । कार्यक्रमका अवसरमा बोल्दै क्लवका अध्यक्ष अर्जुन चापागाईंले ‘हरेक नागरिकमा अन्धोपन निवारण’ भन्ने नाराका साथ जिल्लाभर समय–समयमा आ“खाको उपचार गर्दै आएको क्लवले भौगोलिक विकटताका कारण सदरमुकामसम्म आउन नसक्ने गाउ“का बिरामीहरुलाई घरदैलामै सेवा दिन शिविरको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रमका अवसरमा बोल्दै लायन्स क्लव अफ पर्वत मोदीकालीका संस्थापक अध्यक्ष रामचन्द्र जोशीले क्लवले कुनै स्वार्थबिना गाउँगाउँमा यस्ता शिविर आयोजना गर्दै आइरहेको भन्दै यहाँ गरिएको शिविरमा पनि हिमालय आँखा अस्पताल र मिना फाउण्डेसनको सहयोगमा काम सम्पन्न गर्न लागिएको बताउनुुभयो । कार्यक्रमका अवसरमा बोल्दै स्थानीय बनौं माविका व्यवव्स्थापन समिति अध्यक्ष होम पुर्जाले बनौं जस्तो दुर्गम गाउँमा आएर शिविर गर्दा स्थानीय बृद्धबृद्धा लगायतलाई ठूलो राहत भएको बताउनुभयो ।

कार्यक्रमका अवसरमा क्लवका उपाध्यक्ष गोबिन्द आचार्य, पत्रकार महासंघका सचिव छबिलाल तिवारी, गाविस  सचिव रामप्रसाद रिजाल, लगायतले आँखा शिविरले स्थानीयहरुको स्वास्थ्यमा ठुलो राहत भएको बताएका थिए । शिविरमा हिमालय आँखा अस्पताल पोखराका प्राविधिक गोबिन्दप्रसाद बडु सहितको टोलीले आँखा परिक्षण गरेका थिए । परिक्षणका क्रममा नौ जनामा मोतियाबिन्दु देखिएको र उनिहरुको सदरमुकाम कुश्मामा ल्याएर निःशुल्क अपरेशन गरि गाउँसम्म पुग्ने व्यवस्था मिलाइने क्लवका सचिव रविकुमार श्रेष्ठले बताउनुभयो । बिरामीहरुलाई निःशुल्क औषधी र सहुलियत मुल्यमा चस्मा समेत उपलव्ध गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ