२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शिक्षा कार्यालयका कर्मचारीको कर्तुत पदीय दम्म देखाई नीजि विद्यालयमा छोराछोरी पढाउँदै

१४ चैत्र २०७२, आईतवार ०४:४०

पछिल्लो समयमा जिल्ला शिक्षा कार्यालयका कर्मचारी एकपछि अर्को काण्डमा मुछिदै आएका छन् । कहिले लाखौ रकम लिएर शिक्षक सरुवा तथा कहिले आफ्ना श्रीमती र आफन्तलाई शिक्षकमा सरकारी विद्यालयमा भर्ति गरेको विषयले चर्चामा आइरहेका जिल्ला शिक्षा कार्यालय पर्वतका कर्मचारी फेरि अर्को काण्डमा पनि मुछिएका छन् । सरकारी विद्यालयमा सेवा प्रवाह गर्ने र सरकारी विद्यालयलाई संरक्षण, विकास तथा सम्र्बधन गर्ने कसम खाएर जागिरमा प्रवेश गरेका जिल्ला शिक्षा कार्यालय पर्वतका कर्मचारी आफ्नो पदको दुरुपयोग गरेरको रहस्य खुल्न आएको हो । जिल्ला शिक्षा कार्यालय पर्वतका कर्मचारीले आफ्नो पदीय दम्भ र कानुनी उल्झन देखाए निजी विद्यालयहरुमा ज्याजती गर्दै आएका एक अनुसन्धानमा भेटिएको हो । उनिहरुले निजी विद्यालयहरुलाई नियमन गर्ने दभाव देखाएर छोराछोरीलाई निशुल्क रुपमा पढाउँदै आएको रहस्य बाहिर आएपछि उनीहरुले नीजि विद्यालयसँग के सम्झौता गरेका छन् भन्ने कुरा प्रष्ट भएको हो । जिल्ला शिक्षा कार्यालयका कर्मचारीले यसरी पदीय र कानूनी उल्झन देखाएर आफुहरुलाई दुख दिने गरेका नीजि विद्यालयका संचालकहरुबाट यdeo-office-parbat-650x369-400x227तिबेला गुनासो आइरहेको छ ।

कर्मचारीलाई विभिन्न करमा नाममा आँफुहरुलाई वार्षिक २ देखी ४ लाख सम्म कर अशुल गर्ने निकायले छोराछोरीहरुलाई विना शुल्क पढाउन दभाव दिएको पर्वतका संस्थागत विद्यालयका संचालकहरुले गुनासो छ । जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले कालिगण्डकी एकेडेमीमा, विद्यालय निरीक्षक झलक शर्माले नमुना आवाशिय माविमा, त्यसै गरी कार्यलयका उद्धिमराज पौडेल र वविता शर्माले राष्ट्रिय वालि शिक्षा सदनमा आफ्ना छोराछोरी निःशुल्क पढाउँदै आएको र नीजि विद्यालयका संचालकलाई आफ्नो पदीय र कानूनी उल्झन देखाइ मनोमानी गरेको रहस्य बाहिर आएको हो ।

निज कर्मचारीहरुले कक्षा नसर्री देखी दश सम्म कुनै पनि शुल्क नतिर्ने गरेको सम्वन्धीत विद्यायहरुले जनाएका छन् । नियममन गर्ने निकायमा जागिर भएका कारण आँफुहरुलाई दभाव दिँदा आएको संस्थागत विद्यालयका संञ्चालकहरुको गुनासो छ । नियमन निकायले नै नियम विपरीत काम गर्दै आएको पर्वत प्याप्सनले बताएको छ । आँफुहरु कार्यलयमा पुगेर गुनासो राख्दा समेत कार्यलयले कुनै प्रतिकृया नदिएर सबै कर तिरेर सञ्चालनमा ल्याएका निजी शैक्षिक संस्था प्रति कार्यलय अनुदार बनेको प्याप्सन अध्यक्ष हिमबहादुर पौडेलले बताउँछन् ।

अध्यक्ष पौडेलले कार्यलयका कर्मचारीहरुले पद्धिय दुरुपयोग गर्दै आएको दाबी गरे ।  आफ्ना छोराछोरी नीजि विद्यालयमा पढाउने तर सामुदायिक विद्यालयको शैक्षिक अबस्था के छ त्यसको बारेमा चाँसो नदिने गरेका कारण पनि सामुदायिक विद्यालयको शैक्षिक अबस्था कमजोर हुदै गएको सरोकारवाला निकाय बताउँछन् ।

-महेन्द्र जिसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड