२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्सामा सवारी दुर्घटना: दुईको मृत्यु, दुई घाइते

२०७५, १७ बैशाख सोमबार ०८:३१

वैशाख १७ पर्सा | पर्साको पोखिरया नगरपालिकामा आज बिहान भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । 

पोखरिया नगरपालिका–४ स्थित कृष्ण आयल स्टोर अगाडिको सडक छेउमा खडा रहेको ना४त ९६०७ नंको ट्र्याक्टरको टेलरमा नम्बर प्लेट नै नभएको चार जना सवार मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु हुनाका साथै दुई जना गम्भीर घाइते भएका हुन् । 

बिहान करिव १ बजेको समयमा पोखरियाबाट वीरगन्जतर्फ आउँदै गरेको चार जना सवार मोटरसाइकलले मर्मतका लागि सडक छेउमा खडा रहेको ट्र्याक्टरको टेलरमा ठक्क दिँदा दुईको मृत्यु र दुई घाइते भएको पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । मृतकको परिचय हालसम्म खुल्न नसकेको बताउँदै उहाँले सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका जिरा भवानी गाउँपालिका निवासी रामबाबु मुखिया विणको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा र सोही स्थान निवासी धनलाल मुखिया विणको वीरगन्जकै नेशनल मेडिक शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो । 

घाइतेको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । सवारी दुर्घटनामा परी मृत्यु भएकाको परिचय हालसम्म खुल्न नसकेको प्रहरी नायब उपरीक्षक लिम्बूले बताउनुभयो । मृतकका शव परीक्षणका लागि उपक्षेत्रीय अस्पतालमा राखिएको छ । मादक पदार्थ सेवन गरी तीव्र गतिमा चलाएको मोटरसाइकलाई चालकले नियन्त्रण गर्न नसकेका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला