२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

पूर्वी क्षेत्रका लागि कोलकाताबाट रेलमार्फत सामानको आयात शुरु

१७ बैशाख २०७५, सोमबार ०९:२०

वैशाख १७ विराटनगर | तेस्रो मुलुकबाट आयात गरिएका सामान बोकेर कोलकाता बन्दरगाहबाट हिँडेको मालबाहक रेल आइतबार नेपालको सिमाना नजिक भारतको बथनाहा आइपुगेको छ । 

गत, बुधबार प्रस्थान गरेको सो मालबाहक रेल नेपालको सिमानादेखि सात किलोमिटर दक्षिण बथनाहासम्म ५८ कन्टेनर बोकेर आइपुगेको हो । बथनाहामा कार्गो सञ्चालनका लागि ठूलो यार्ड भएकाले बथनाहासम्म ल्याइएको भारतीय पक्षले जनाएको छ । 

परीक्षणकै रुपमा पहिलोपल्ट मालबाहक रेल बथनाहासम्म आइपुग्दा मोरङका व्यापारी खुशी भएका छन् । यस सम्बन्धमा उद्योग संगठन मोरङले विज्ञप्ति जारी गर्दै तेस्रो मुलुकबाट यस क्षेत्रका उद्योग व्यवसायीले आयात गर्ने औद्योगिक कच्चा पदार्थका साथै वस्तु रेलबाट ल्याउनुपर्ने माग पूरा भएकामा खुशी व्यक्त गरेका हुन् । 

कोलकाता बन्दरगाहमात्र नभई विशाखापट्टनमबाट पनि नेपाली व्यापारीले आयात–निर्यात गर्न पाउनुपर्ने माग पनि सो विज्ञप्ति छ । 

उक्त संगठनका अध्यक्ष मुकेश उपाध्यायले रेलमार्फत सामान तथा कच्चा पदार्थ ढुवानी हुँदा लागत कम पर्ने, झण्झट नहुने र समय पनि कम लाग्ने बताउनुभयो । 

विराटनगर महानगरपालिकाको कटहरीसम्म रेल विस्तार भएपछि लागत प्रतिकिलो रु दुई कम लाग्ने छ र अहिले बथनाहासम्म अनुमानित प्रतिकिलो रु एक लाग्ने उहाँले जानकारी गराउनुभयो । 

कोलकाता–बन्दरगाहमा मालबाहक रेलसेवा सञ्चालनमा आएपछि पूर्वी क्षेत्रका उद्योग व्यवसायमा बढोत्तरी हुने व्यवसायीका धारणा छ । लागत कम भएपछि सामानको मूल्य पनि घट्ने बताइएको छ । 

नेपाल–भारत सरकारले सन् २०१० मा विभिन्न पाँच स्थानमा रेलसेवा विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सो समझदारीमा रेलसेवाको विस्तारमा सम्पूर्ण खर्च भारत सरकारले र नेपालीको भूमिको मुआब्जा नेपाल सरकारले व्यहोर्ने उल्लेख थियो । 

सीमावर्ती क्षेत्रदेखि नेपालको भूभागको पाँच किलोमिटर क्षेत्रभित्र रेलसेवाको विस्तार हुनेछ । सोअनुरुप विराटनगर महानगरपालिकाको कटहरीसम्म रेलसेवाको विस्तारका लागि काम शुरु भए पनि जग्गाको मुआब्जाको विवाद अदालतमा पुगेको छ । सो मुद्दाको फैसला नभएकाले काम रोकिएको हो । 

मोरङको बुधनगरमा निर्माणाधीन एकीकृत भन्सारपोष्ट पूर्णरुपमा तयार भएपछि मालबाहक रेल नेपालको भूमिमा प्रवेश गर्नेछ । त्यसपछि सामान आयात निर्यात थप सहज हुने व्यवसायी बताउँछन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली