३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फलेवासमा खानेपानीको हाहाकार

१५ चैत्र २०७२, सोमबार ०२:२५

साजन परियार/चैत्र
जिल्लाका बिभिन्न बिकट गाउँमा खानेपानीको अभाव भएको खबर आईरहेका बेला जिल्लाको समथर भुभाग र सुगम मानिने फलेवासमा पनी खानेपानीको समस्या भएको छ ।बर्षायम सँगै पानीको मुल बढेको भएपनि उचित संरक्षण र व्यवस्थापनमा ध्यान नदिंदा खानीपानीको समस्या भएको हो । फलेवास क्षेत्रमा पर्ने खानीगाउँ र देविस्थानका गाविसमा एक हप्ता देखी धारामा पानी नआउँदा यहाँका नागरिकहरु पानीको अभावमा रहेका छन् ।  बर्षातको समयमा पर्याप्त पानी भएपनि फागुनदेखि असारसम्म सो समस्या झेल्नु परेको छ । भौगोलिक बनावटले निकै समथर भू–भाग रहेको उक्त ठाउँमा सुख्खा याममा आकासे पानी र साझा पानी ट्याङँकीको सिमित पानीले कष्टकर जीवन गुजार्नु पर्ने बाध्यता रहेको खानीगाउँका यूवा मोहन थापाको भनाई छ । करिब ४ सय घरधुरी रहेको खानीगाउँ गाविस र देविस्थान गाविसमा अहिले करिब १ दर्जन धाराहरुमा मात्रै पानी आउने गरेको छ ।

विहान वेलुका खानेपानीको जोहो गर्न लाईनै बस्नुपर्ने समस्या रहेको देविस्थानकी बर्षा श्रेष्ठले गुनासो गर्नुभयो । खाना पकाउने, पिउने लगायत घरायसि प्रयोजनका लागी पानीको व्यवस्थापन गर्न गाउँका वृद्धा गृहिणीहरु डोकोमा गाग्री मार्फत खानेपानीको जोहो गर्दा आफुहरुलाई असहज भएको बताउँछन् । विहानको समय सवै खानेपानीको व्यवस्थापनमा खर्चीनु पर्दा अन्य घरको काम गर्न नपाउने समस्या देखीएको स्थानिय लकास सुवेदीले गुनासो छ । गाविसमा रहेका स्रोतको संरक्षण गर्न नसक्दा खानेपानीको समस्या वर्षेनी सृजना भएको स्थानिय वासीको भनाई छ पानीको स्रोत भएपनि पानीमा भल पस्ने,पाईप चुहावट हुने,पहिरोले मुहान र पाईपमा क्षती पु¥याउँदा खानेपानीको अभाव भएको स्थानिय यामवहादुर परियारले बताउनु भयो ।खानेपानीको व्यबस्थापन प्रभावकारी नहुँदा मानिसलाई पिउने गाईवस्तु ख्वाउने पानीका लागि कुवा र खोलामा जानुपर्ने बाध्यता रहेको छ । पानी लिनको लागि लमायखोला,फुलवारी ,खरिया ,सत्तल लगायतका ठाउँमा पुगेको स्थानीय वासीले वताएका छन । हप्ताऔ देखी धारामा पानी नआउँदा समेत खानेपानी उपभोक्ता समितीले उचित किसिमको पहल नगरेको स्थानीय उपभोक्ताहरुको गुनासो रहेको छ । उपभोक्ता समितीले पानी आउन नसक्नुको कारण पत्ता लगाउन नसकेको वताएको छ ।स्थानिय उपभोक्ता समितीले पानीको व्यबस्थापन तर्फ ध्यान दिन नसकेको टिप्पणी हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ