Skip to content
Friday, July 17, 2026 Nepali Online Media

हुम्लाका खेती योग्य जमिनमा घरै घर

By kit 9 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

बैशाख १८,  हुम्ला | हुम्लाका अधिकांस खेती योग्य जमिनमा घर बन्नाले उव्जनीमा ह्रास आउने गरेको छ । भिरालो ठाउँमा खेती गरिनु र खेतीयोग्य जमिन अनि फाँटमा घर बनाउने परम्पराले कृषि उपजको उव्जनीमा ह्रास आउने गरेको हो । २० वर्ष अघि सबै खेतबारीमा कृषी उपज उव्जनी हुने गरेको भएता पनि बढ्दो शहरीकरणको कारण घर निर्माण हुन थालेका छन् ।

सिमिकोट गाउँपालिकाको अधिकाँश खेतीयोग्य जमिनमा घर निर्माण गरिँदा हाल कृषि उपजको लागि खेतबारीको अभाव हुने गरेको छ । बजार क्षेत्रमा राम्रो उव्जनी हुने सबै जग्गा विक्रि भएर घर निर्माण भईसकेका छन् भने बाँकी रहेका भिराला ठाउँमा मात्र खेतीपाती गर्ने गरिएको छ ।

त्यही बाँकी भिर पाखा पनि विक्रि भईसकेको र केही वर्षमा घर निर्माण हुने क्रम जारी हुने अवस्था देखिएको छ । हाल देश संघिय संरचनामा गएपछि सिमिकोटको घरजग्गा किनवेच ठप्प रहेता पनि अधिकाँश खेती योग्य जमिन विक्रि भईसकेको र घना बस्ती भईसकेको छ ।

खेती योग्य जमिनमा घरको निर्माण हुँदा तरकारी बाली र अन्य नगदे बाली खेतीको लागि समस्या हुने गरेका छ । निर्माण भएका घर विना योजना निर्माण हुँदा झन् समस्या हुँदै गएको छ । हाल सिमिकोट गाउँपालिकाले बजार क्षेत्रमा सडक निर्माण गर्दा यस्ता अव्यवस्थित घर भत्काउनु पर्ने भए सँगै झन् खेती योग्य जमिनमा निर्माण हुन थालेका छन् ।

१ वर्ष अगाडी आफ्नो घर अगाडी रहेको बारीमा प्रशस्त स्याउ बगैंचा भएको र बाँकी रहेको बारीमा तरकारी खेती गरेको भएता पनि हाल आफुले होटेल निर्माण गरिरहेको स्थानिय प्रकाश रावतले बताउनु भयो।

सबै ठाउँमा घर बाहेक कुनै खाली ठाउँ देख्न नसकिने गरी भौतिक संरचना निर्माण भए पछि उकुसमुकशको अवस्था सिर्जना भएको रावतको भनाई रहेको छ ।

घना बस्तीको कारण सिमिकोटको तापक्रम विगतका वर्ष भन्दा हाल बढेको र जलवायु समेत परिवर्तन भएको महशुस यहाँका वासिन्दा अनुभव गरेका छन् । अत्याधिक हिमपात हुने हुम्लामा हाल हिउँ थोरै पर्ने गरेको यहाँका वासिन्दाले बताउने गरेको छन् ।

करिब १८ वर्ष अगाडी सिमिकोटमा कोदो लगायत अन्य बढी तापक्रममा फल्ने अन्न बाली उब्जनी नहुने गरेको भएता पनि हाल तापक्रम बढ्न थाले पछि त्यस्ता बालिनालीको उत्पादन समेत हुने गरेको छ ।

सिमिकोट गाउँपालिकाको वडा नं. ६ मा  ६ सय १३ घर धुरी निर्माण भई बसोबास समेत भइरहेको छ । गत २ वर्ष भित्र १ सय ७७ घर नयाँ बनेको सिमिकोट गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष जयचन्द्र रोकायाले बताउनु भयो ।

हाल रासन कार्ड र अन्य प्रयोजनको लागि आफ्नो वडामा घरधुरीको संख्या गणना गर्दा आफु नै चकित भएको जयचन्द्रको रहेको छ ।

हुम्लाको अधिकाँश भुभाग भिरालो ठाउँमा अवस्थित रहेको भएता पनि केही ठाउँमा सम्म परेका फाँटमा घर बनाउने उब्जनी नहुने क्षेत्रमा जग्गा हुँदा यहाँको अन्नपात उब्जनीमा कमी आएको स्थानियको भनाई रहेको छ ।

सातै वटा गाउँपालिकाको जमिनलाई नियाल्ने हो भने हाल यहाँको खेतबारीमा फल्ने अन्नबालीले त्यहाँको वासिन्दाको लागि वर्षभरी खान नपुग्ने अन्नको उत्पादन हुने गरेको छ । अन्नबाली यहाँको जैविक भएको भएता पनि आधुनिक कृषि प्रणाली नअँगाल्नु, सीप तथा ज्ञानको कमी हुनु, नगदे बालीको खेती नहुनु, सिचाईको व्यवस्था नहुनु यहाँको प्रमुख समस्या रहेको छ । जिल्ला कृषि विकास कार्यालयले विगतका वर्षमा साना सिचाईको लागि अनुदान दिएको भएता पनि यसको उपयोगिता कम मात्र भएको कृषकको भनाई रहेको छ ।

अहिले किसानको समस्या बुझ्न र समस्या समाधानको लागि गाउँपालिका अन्तरगतको कृषि ईकाई भएको भएता पनि कुनै लक्षित कार्यत्रम सञ्चालन नहुँदा झन् उत्पादनमा समस्या आउने गरेको छ ।

जिल्लामा रहेका गैरसरकारी कार्यालयले पनि कृषिमा आधारित रहेर काम गरिरहको भएता पनि सबै किसानको लागि यो कार्यक्रम अपर्याप्त रहेको यहाँका किसानको अनुभव रहेको छ । जिल्लामा कृषकले वर्ष भरीमा एक मात्र बाली फलाउनु अनि त्यो पनि वैज्ञानिक पद्धतीबाट खेती गर्न नसक्नु यहाँको दुर्माग्य हुँदै आएको छ ।

भएका उब्जनी हुने जग्गामा घर तथा कार्यालय निर्माण गरिनुले झन् कृषकलाई समस्या पर्ने गरेको छ ।

सिमिकोट गाउँपालिकाको सिमिकोट बजार र यसको आसपासको क्षेत्रमा मात्र हाल ३ हजार ५ सय हाराहारीको घर निर्माण भएका छन् । पहिले राम्रो उब्जनी हुने यस क्षेत्रमा आजभोली करेसाबारी बनाउने जग्गा पनि नहुँदा यहाँका स्थानियले नजिकै रहेको डाँडाफया, हिल्दुम, बुराउँसे, लाँदु लगायतको ठाउँबाट तरकारीको निर्भरता रहनु पर्ने समस्या रहेको छ । सिमिकोटका वासिन्दा हाल स्याप्ने, लाग्नामा जहाँ उव्जनी कम हुने ठाउँमा मात्र खेतीपाती गर्ने गरेका छन् ।