Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कन्चनपुरमा दल निकटका मजदुर संगठनले छुट्टाछुट्टै मजदुर दिवस मनाए

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>बैशाख १८, कञ्चनपुर | कञ्चनपुरमा पनि अन्तराष्ट्रिय मजदुर दिवस दिवस मनाएका छन् । माओवादी, काँग्रेस, एमाले निकट मजदुर संगठनले छुट्टाछुट्टै तरिकाले दिवस मनाएका छन् ।&nbsp;<br></p><p>सतारुढ माओवादी एमाले र प्रतिपक्षी काँग्रेस निकट मजदुर संगठनले महेन्द्रनगरमा र्याली निकाल्दै दिवस मनाएका हुन् । यस्तै नेपाल नाई संघ कञ्चनपुरले समेत दिवस मनाएको छ । नाई संघ कञ्चनपुरका नेता रामसोगारथ ठाकुरले दिवस मनाएको बताए । नेपाली काँग्रेस ट्रेड यूनियन महासंघ, अखिल नेपाल ट्रेड यूनियन महासंघ र जिफन्टले दिवस मनाउदै अझैपनि मजदुरमाथी हुने विभेद अन्त्य नभएको बताएका छन् ।&nbsp;</p><p>अखिल नेपाल ट्रेड यूनियन महासंघका नेता देवराज भट्टले , अखिल नेपाल ट्रेड यूनियन महासंघ र जिफन्टले संयुक्त रुपमा दिवस मनाएको बताए । उनका अनुसार मजदुर अझै लुटिएका छन् । मजदुरको अधिकारका लागि संयुक्त रुपमा अघि बढ्नुपर्नेमा मजदुर नेताले जोडदिएका छन् ।&nbsp;</p>