पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख १९ काठमाडौँ । माओवादी पूर्व जनमुक्ति सेना, पार्टी नेपालले कञ्चनपुरलगायत जिल्लामा भारतीय पक्षबाट सिमाना मिचिएको भन्दै सीमा विवाद समाधान गर्न माग गरेको छ ।

भारतीय सीमा सुरक्षा बलले कञ्चनपुरमा सीमा अतिक्रमण गर्नुका साथै नेपालीमाथि दुव्र्यवहार गरेको आरोप लगाउँदै सो पार्टीले आज एक विज्ञप्तिमार्फत घटनाको निन्दा गरेको हो ।

सो पार्टीका अध्यक्ष रञ्जित गुरुङले विज्ञप्तिमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहँदा सीमा विवाद समाधानका लागि वार्ता गर्न नेपाल सरकारसँग माग गर्नुभएको छ ।

तत्कालीन माओवादीका पूर्व जनमुक्ति सेना सम्मिलित उक्त पार्टी हालै गठन गरिएको हो ।