२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एसएलसी परीक्षा केन्द्रलाई छात्रा तथा अपाङ्गमैत्री बनाउन ध्यानाकर्षण

१५ चैत्र २०७२, सोमबार ०६:५१

कुश्मा, पर्वत ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला सञ्जाल पर्वतले यही चैत्र १८ गतेदेखि सुरु हुन लागेको एसएलसी परीक्षाका लागि निर्धारण गरिएका जिल्लाका १९ वटै परीक्षा केन्द्रहरु छात्रा तथा अपाङ्गता भएका छात्रछात्रामैत्री बनाइयोस् भन्दै जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

जिल्ला सञ्जालका संयोजक राजेन्द्र पहाडीको नेतृत्वमा सञ्जालका सदस्यहरु, गैसस महासंघका अध्यक्ष, सञ्चारकर्मीलगायतको प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारीलाई सबै परीक्षा केन्द्रहरुमा बोरा, मान्द्रा र चित्राले बारेका शौचालयहरु हटाई पानी, सेनेटरी प्याड र हातधुने साबुनसहितको शौचालयको व्यवस्था गर्न ध्यानाकर्षण गरेको हो । ध्यानाकर्षण पत्र ग्रहण गर्दै प्रजिअ ढकालले आफूलाई विषयले ध्यानाकृष्ट गरेको र सोही अनुसार व्यवस्था गर्न जिल्ला शिक्षा कार्यालय र केन्द्राध्यक्षहरुलाई निर्देशन दिने कुरा बताउनुभयो ।

SLC Memorandum72

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड