१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

प्रधानमन्त्रीलाई थारुको ११ बुँदे माग पत्र

१३ भाद्र २०७२, आईतवार ०६:१८

pm

अजयकुमार साह/भदौं १३, उदयपुर । थारु कल्याणकारीणी सभा उदयपुरले आन्दोलनको
आज १५ औं दिनमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ११ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएका
छन ।

प्रादेशिक सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेको थारुकल्याणकारिणी सभाले आज आईतबार
सयौको संख्यामा नाराजुलुस सहित जिल्ला प्रशासन कार्यालय पुगेका थारु समुदायले प्रमुख जिल्ला अधिकारी
कृष्ण चन्द्र घिमिरेमार्फत प्रधानमन्त्रीलाई ११ बुँदे माग पत्र बुझाएका हुन ।
ज्ञापन पत्र बुझ्दै
प्रमुख जिल्ला अधिकारीले थारु समुदायका मागहरु संविधान सभा र सरकारले मात्र पुरा गर्न सक्ने प्रकृतीको
रहेकोले तुरुन्त गृह मन्त्रालय मार्फत प्रधानमन्त्री समक्ष पुर्याउने प्रतिवद्धता व्यक्त गर्नु भयो

ज्ञापन पत्रमा उदयपुर, सिराहा, सप्तरी, झापा, मोरङ्ग, सुनसरी समेटेर छुट्टै प्रदेश हुनु पर्ने,
टिकापुर घटनाको निश्पक्ष छानविन हुनु पर्ने, विगतमा थारु समुदाय सँग भएको सहमति कार्यान्वयन हुनुपर्ने
लगाएतका मागहरु रहेका छन ।

यता १५ दिनदेखी निरन्तरको बन्दले जनजीवन प्रभावित भएपछि स्थानीय शान्ति
समिति र त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको पहलमा भदौं ८ गते भएको सहमति अनुसार शैक्षिक संस्थाहरु
पनि खुल्ला गरिने भएतापनि विद्यार्थी भने विना पोशाक विद्यालय जाने गरेकाछन भने १२ बजेदेखि नै बजार,
पसल, आन्तरिक यातायात खुलेपछि जनजीवन केही मात्रामा सामान्य बनेको छ ।

आन्दोलनको कारण देशको पश्चिमी
भेगमा दंगाग्रस्त क्षेत्र घोषणा गर्नु परेको स्थितिमा उययपुरमा भने शान्तिपूर्ण आन्दोलन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार