२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतका मासु पसल नीति बाहिर

१६ चैत्र २०७२, मंगलवार ०४:२८

जिल्ला पशु सेवा कार्यलय पर्वतले  थालेको मासु पसल अनुगमनमा  जिल्लाका आधा दर्जन पसलमा अनयिमीता भेटीएको छ । पशु सप्ताह कार्यक्रम अन्तर्गत सोमबार भएको  १३ पसल अनुगमनमा ६ पसलमा  अनियमीतता भेटीएको हो । कार्यलयको केन्द्रीय कार्यक्रम अनसार मासु पसल अनुगमन गरीएको हो । जिल्ला पशु सेवका कार्यलय प्रमुख ,तथा कर्मचारी ,उद्योग वाणिज्यसंघ प्रतिनिधी  उपभोक्ता मञ्च र पत्रकार सुरक्षाकर्मी सहीतको अनुगमनमा आधा दर्जन पसलमा अनीयमीता भेटीएको हो । अनुगमन टोलिले  न्यु शिटी फ्रेस हाउस दर्ता नभएको पाएको हो   विना बोर्ड  सञ्चालित भएको  करीम मियाँ फ्रेस हाउसमा सरसफई नपाइएको हो । जसलाई कार्यलयले मासु पसल सुधार कार्यक्रम दिएको हो । त्यसै गरी  विकास फ्रेस हाउसमा पनि अनयिमीता पाइएको हो ।

1Capture

टोलिले  निरहु फ्रेस हाउसको तराजु समेत नियन्त्रणमा लिएको छ । अनुगमका क्रममा धेरै जसो पसलहरु दर्ता प्रकृयामा नआएका  तौल कम गरेर विक्र वितरण भईरहेको तथा सरसफाईमा ध्यान नपु¥याइएको पाइएको हो । विगत तीन वर्ष देखी मासु पसल सुधकारका कार्यक्रम सञ्चालन गर्दै आएको कार्यलयले कार्यक्रमले समेटेका पसलमा सरसफई नभएको स्वीकारेको  छ । कार्यलय प्रमुख  सुधिर थापाले  विगतका वर्षमा पनि सुधारको सुझाव दिइएको र यस पटक पनि व्यवसायीहरुलाई सुर्धान निर्देशन दिइएको बताउनु भयो । उपभोक्ताहरुले भने कार्यलयले नियमीत अनुगमन नगर्दा  व्यापारीहरुमा मानोमानी बढेको गुनसो गरेका  छन ।  व्यवसायीहरुले कार्यलयको नियमती अनुगमन  नगरेर कार्यलयका कार्यक्रममा आाफुहरुलाई नसमेट्दा जानकारी नभएको बताएका छन । कार्यलयले आगामी दिनमा अनुगमलाई निरन्तरता दिने बताएको छ । सप्ताह व्यापि कार्यक्रममा व्यवसायी र सरोकारवाला विच अन्तरकृया र  छलफलका कार्यक्रम रहेको कार्यलयले बताएको छ । -महेन्द्र जिसी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ