२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

ललितपुरको एक पुरुष मानव बेचबिखनमा संलग्न रहेको आरोपमा कन्चनपुरबाट पक्राउ

२० बैशाख २०७५, बिहीबार ०६:२२

वैशाख २० भीमदत्तनगर | दुई बालकलाई विभिन्न प्रलोभन देखाएर पश्चिमी नाका भएर भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट मानव बेचबिखनमा संलग्नताको आरोपमा ललितपुरको बागमती गाउँपालिका–११ का ४८ वर्षीय शिवप्रसाद गौतमलाई पक्राउ गरेको छ । 

अभियुक्त गौतम विरुद्ध मानव बेचबिखन मुद्दामा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले गौतमलाई १३ र १४ वर्षीय दुई बालकलाई मःम बनाउने काम र कम्प्युटर कोर्स सिकाइदिने प्रलोभन देखाएर भारत लैजाने क्रममा गत सोमबार पक्राउ गरेको थियो । 

भीमदत्तनगरको बसपार्कस्थित एक होटलमा एकरात बसेपछि अर्को दिन भारतीय नम्बरको जिपमा दुई बालकलाई भारत लैजाँदै गरेको अवस्थामा सोधपुछ गर्दा उक्त घटनाको रहस्य खुलेको हो । प्रहरीले दुबै बालकलाई आफन्तको जिम्मा लगाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य