२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा एक जीप दुर्घटनाग्रस्त अवस्थामा फेला

२०७५, २० बैशाख बिहीबार ०८:५२

टेकेन्द बोहरा/वैसाख २० बझाङ | बझाङमा एक जीप दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जयपृथ्वी नगरपालिकाको वडा ७ को सुबेडा स्थित सिसानीको चौठया खोलामा से १ ज ८२० नम्बरको बझाङ सार्वजनिक यातायातको जीप रोडबाट करिब ५० मिटर तल पुरिएको अवस्थामा भेटिएको हो ।


 जिल्ला पहरी कार्यालय बझाङ अनुसार गएराति अविरल हावाहुरी र बर्षाका कारण दुघटना भएको बुझिएको छ 

दुर्घना भएको र जीपमा सवार चालक रमेश चन्द, चैनपुरस्थित भावना कस्मेटिकका अम्मरराज वन र खप्तडछान्ना गाउँपालिकाका पुष्पराज रावलको अवस्था अज्ञात रहेको बुझिएको छ ।

गाउँको बगेको खानेपानी पाईप खोज्न जाँदा जीप भेटियो

गएराती बझाङमा ठुलो हावाहुरीसँगै असिनापानी आएको हुनाले सुवेडाका स्थानियबासीको खानेपानी पाईप बगेको थियो ।


 बिहानै पानी नआएपछि पत्रकार दिपक जोशी र स्थानिय खानेपानी पाईप खोज्दै सिसानीको चौठया खोला पुगेका थिए । 

खोज्दा खोज्दै पाङ्ग्रा र जीपको आधा बोडी देखिएको जोशीले बताए । उनले भने, ’बिहानै खानेपानीको पाईप खोज्दै हिँडेका थियौं, जीप पो भेटियो हतार,हतार सबैलाई खबर गर्न सफल भयौं । हाम्रो पाईप अझै भेटिएको छैन । ’

 खोलामा बाढीसँगै जीप बगेको हुनसक्ने उनको अनुमान गरीएको  छ । 

अहिले घटनास्थलमा नेपाली सेना, स्थानिय, प्रहरी र रेडक्रसको टिमले उद्दार कार्य जारी राखेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते