२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा एक जीप दुर्घटनाग्रस्त अवस्थामा फेला

२० बैशाख २०७५, बिहीबार ०८:५२

टेकेन्द बोहरा/वैसाख २० बझाङ | बझाङमा एक जीप दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जयपृथ्वी नगरपालिकाको वडा ७ को सुबेडा स्थित सिसानीको चौठया खोलामा से १ ज ८२० नम्बरको बझाङ सार्वजनिक यातायातको जीप रोडबाट करिब ५० मिटर तल पुरिएको अवस्थामा भेटिएको हो ।


 जिल्ला पहरी कार्यालय बझाङ अनुसार गएराति अविरल हावाहुरी र बर्षाका कारण दुघटना भएको बुझिएको छ 

दुर्घना भएको र जीपमा सवार चालक रमेश चन्द, चैनपुरस्थित भावना कस्मेटिकका अम्मरराज वन र खप्तडछान्ना गाउँपालिकाका पुष्पराज रावलको अवस्था अज्ञात रहेको बुझिएको छ ।

गाउँको बगेको खानेपानी पाईप खोज्न जाँदा जीप भेटियो

गएराती बझाङमा ठुलो हावाहुरीसँगै असिनापानी आएको हुनाले सुवेडाका स्थानियबासीको खानेपानी पाईप बगेको थियो ।


 बिहानै पानी नआएपछि पत्रकार दिपक जोशी र स्थानिय खानेपानी पाईप खोज्दै सिसानीको चौठया खोला पुगेका थिए । 

खोज्दा खोज्दै पाङ्ग्रा र जीपको आधा बोडी देखिएको जोशीले बताए । उनले भने, ’बिहानै खानेपानीको पाईप खोज्दै हिँडेका थियौं, जीप पो भेटियो हतार,हतार सबैलाई खबर गर्न सफल भयौं । हाम्रो पाईप अझै भेटिएको छैन । ’

 खोलामा बाढीसँगै जीप बगेको हुनसक्ने उनको अनुमान गरीएको  छ । 

अहिले घटनास्थलमा नेपाली सेना, स्थानिय, प्रहरी र रेडक्रसको टिमले उद्दार कार्य जारी राखेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै