२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको बाम्राङमा बाँसको टेकामा बिजुलीको तार

२०७५, २० बैशाख बिहीबार १७:१५

चिसाङ शेर्पा | बैशाख १९, खोटाङ | खोटाङको बाम्राङमा बाँसको टेकामा बिजुलीको तार राखेर बिधुत प्रवाह हुंदा अत्याधिक जोखिम बढेको छ । 

मकिन लागेको काठे पोलको अगाडी बाँसको खम्बा टेका दिएर विधुतको तार घरघरमा पु¥याउदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ सामातुङमा चार घरमा धनजनको ठूलो क्षति हुने संम्भावना बढेको छ ।

ग्रामिण सडकको छेवैबाट बिजुलीको एलटि लाईनको तार तीनवटा बाँसको टेका दिएर स्थानिय चार घरले बर्षदिन अघिबाट बत्ती बालिरहेका छन् । खेतीयोग्य जमिन बिचबाट बाँस गाडेर बिजुलीको तार लैजाँदा सुख्खा तथा वर्षातको समयमा विधुत चुहावट भई जमिनमा करेण्ट बहने गरेको स्थानियहरुले बताएका छन् ।


बारी बिचबाट बाँसको टेका दिइ बिजुलीको तार तान्ने कुराभन्दा खेतीपाती लगाउन उठाउन जोखिम भएको छ । बारीको खेतीपाति गरीरहंदा कुनबेला बाँस मकेर तार भुईमा झर्नेे अथवा मान्छे माथि खस्ने टुंगो छैन । स्थायिनले भने “हामी ज्यानलाई जोखिम मोलेर अन्नबाली लगाउनुपर्छ ।”

हिउँदमा तारलाई हावाले हल्लाउँदा एकआपसमा जुद्ने तथा बर्षादमा पानिले भारी बनाउदा बाँस भाँचिने संम्भावना प्रवल देख्न सकिन्छ । बाँस भाँचिएमा अन्य काठेपोल लड्ने र धनजनका ठूलोे क्षति हुने संम्भावना बढेको छ । ‘जोखिमयुक्त भएकाले तीनचार महिना अघिनै एकवटा फलामे खम्बा दिएको तर, उपभोक्ताले नगाडेको’ वडाध्यक्ष ललित राईले बताए । सोही टोलका आसपासलाई थप सातवटा फलामे पोल वडासदस्य राजेन्द्र राईको नेतृत्वमा उपलब्ध गराईसकेको वडाध्यक्ष राईले जनाए । 

तश्विरमा: बाम्राङस्थित सामातुङमा बाँसको टेकामा बिजुलीको तार | तस्विर: चिसाङ शेर्पा /साझा सबाल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित