2026-09-14 12:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको एक विद्यालयको ३५ बिगाह जमिन अतिक्रमण

वैशाख २१ दाङ | घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ नमूना माध्यामिक विद्यालयको करीब ३५ बिगाह जग्गा अतिक्रमणमा परेको छ । 

अतिक्रमित जग्गामा पक्की भवन र पक्की सडक समेत बनेका छन् । घोराही उपमहानगरपालिका–११ खैरा, चारबगियामा रहेको उक्त विद्यालयको जग्गा अतिक्रमणमा परेको वषौँ बितिसक्दा समेत ती जग्गा फिर्ता हुनसकेको छैन । कतिले जग्गा किनबेच गर्छन् तर विद्यालयलाई थाहै हुदैन । आफ्नै जग्गा किनबेच भइरहँदा विद्यालय प्रशासन निरह बनेकाले अतिक्रमित जग्गा फिर्ता गराउन कठिन भएको हो । 

जग्गा फिर्ता गराउन माग गर्दै जिल्ला शिक्षा कार्यालयसँगै जिल्ला प्रशासन कार्यालय पुग्दासमेत जग्गा फिर्ता हुननसकेको विद्यालयका प्रधानाध्यापक टोपबहादुर केसीले बताउनुभयो । 

तत्कालीन नारायणपुर गाविस, त्रिपुर नगरपालिकाबाट सर्वदलीय बैठक गराएर जग्गा फिर्ता गराउने प्रयास भए पनि सफल नभएको बताइएको छ । विद्यालयको ८२ बिगाहा छ कठ्ठा नौ धुर जग्गामध्ये ३५ बिगाह भन्दा बढी जमिन २०३६ सालयता अतिक्रमण हुँदै आएको हो । 

आफ्नै जग्गा उपभोग गर्न नपाउँदा विद्यालयका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन विद्यार्थीबाट सहयोग जुटाउनुपर्ने बाध्यता भएको विद्यालयले जनाएको छ । 

विद्यालयको जग्गा भाडामा लिएका कतिपयले नाफा लिने तर विगत दुई वर्षदेखि भाडा नबुझाएको विद्यालयले जनाएको छ । विद्यालयको ४० जग्गा बिगाहा जग्गा विभिन्न संस्था र व्यक्तिले भाडामा लिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने