२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिण्डिकेट विरुद्ध सरकार आक्रामक: सुर्खेतमा तीन कर्मचारी पक्राउ

२०७५, २१ बैशाख शुक्रबार १७:१७

वैशाख २१, सुर्खेत । सिन्डिकेट हटाउने सरकारी निर्णयको विरोध गर्दै सुर्खेतमा लामो दुरीका सवारी ठप्प भएका छन् । प्रहरीले सुर्खेतमा दुई यातायात संघका ३ जना कर्मचारीलाई पक्राउ गरेको जनाएको छ । मध्यपश्चिम यातायात व्यवसायी संघका शेरबहादुर भण्डारी, धन बहादुर खत्री र  काँक्रेबिहार यातायात व्यवसायी संघका दिपेन्द्र श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

संघका अन्य पदाधिकारीहरु फरार रहेकाले खोजी कार्य तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चतुर्वेदीले बताए । उनका अनुसार सुर्खेतमा सुर्खेत–बुलबुले र देउती नागरिक यातायात प्रा.लि.ले सुर्खेतदेखी दैलेख, नेपालगञ्ज, कालिकोट जिल्लाका लागि यातायात सञ्चालन गरेका छन् । उपत्यका भित्र भने सिद्धपाइला यातायात प्रा.लि. पनि सञ्चालनमा आएको एसपी चतुर्वेदीले जानकारी दिए ।

यता, राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलासहित देशभरिबाट ७० जनाभन्दा बढी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकालाई अत्यावश्यक सेवा अवरोध गरेकोमा मुद्दा चलाउने तयारी भइरहेको छ । सरकारले देशभर रहेका सरकारी स्वामित्वका बसपार्कबाट यातायात समिति र संघका नाममा रहेका टिकट काउन्टरहरु हटाउने निर्णय गरेको छ ।

सरकारी निर्णयअनुसार देशभरका सबै बसपार्कबाट समिति र संघका टिकट काउन्टर हटाउन निर्देशन जारी भइसकेको यातायात व्यवस्था विभागका महानिर्देशक रुपमनारायण भट्टराईले बताए ।‘सरकारले सिन्डिकेट हटाउँदा असहयोगी बनेका यातायात समितिका काउन्ट हटाउन निर्देशन जारी भइसकेको छ,’ भट्टराईले भने, ‘अब सरकारी स्वामित्वमा रहेका देशभरका कुनैपनि बसपार्कमा समितिका टिकट काउन्टर रहने छैनन् ।’

सरकारी स्वामित्वमा रहेका बसपार्कमा कम्पनी ऐनअनुसार दर्ता भएका यातायात व्यवसायीले मात्रै आफ्नो टिकट काउन्टर राख्न पाउनेछन् । सरकारले गैरनाफामूलक संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात समितिलाई नवीकरण नगर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरु आन्दोलनमा छन् । घोषित आन्दोलनअन्तर्गत समिति र संघमा आवद्ध भएका यातायात व्यवसायीले शुक्रवार देशभर सेवा ठप्प पारेका छन् । सरकारले भने सेवा बन्द गर्ने यातायात व्यवसायी र समितिका पदाधिकारीलाई नियन्त्रणमा लिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते