२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

टिकापुरमा घटना घटाउने देउवा, रावल र भट्ट हुन्: थारु नेता लेखी

१६ भाद्र २०७२, बुधबार ०४:००

unnamed (1)

अजयकुमार साह/भदौं १६, उदयपुर । आफ्ना
हक अधिकारका लागी शान्तिपूर्ण आन्दोलन गरिरहेका थारुहरुलाई दमन गर्ने नियतले टिकापुरमा घटाईएको
नरसंहारको पछाडी काँग्रेस नेता शेरबहादुर देउवा, एमाले नेता भिम रावल र माओवादी नेता लेखराज भट्टको हात
रहेको थारु नेता राजकुमार लेखीले दावी गरेकाछन् ।

तिन साता देखी
भईरहेको थारु आन्दोलनको बारेमा जनतालाई जानकारी दिनका लागी जिल्ला दौडाहामा रहेका जनजाती महासंघका पूर्व
अध्यक्ष समेत रहेका नेता लेखीले आज उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका
हुन् ।

उनले थारुहरुले देउवा लगायतका सामन्ती नेताहरुको
जग्गाबाट हक मागेको नभई सदियौदेखी पिल्सिएका थारु समुदायको उत्थानकालागी राज्य सँग अधिकार मागेको बताए ।
नेता लेखीले थारुहरुले गरिरहेको शान्तिपूर्ण आन्दोलनलाई दबाउने र हातहतियारको प्रयोग गरी तितरबितर
पार्ने उद्देश्यले अखण्ड पक्षधरहरु सँग मिलेर षड्यन्त्र पूर्वक नरसंहार गरिएको आरोप लगाए ।

लोकतान्त्रिक अभ्यास, प्रेस स्वतन्त्रता, शान्तिपूर्ण आन्दोलनमा विश्वास
गर्ने थारुहरु माथी दमन गर्ने उद्देश्यले टिकापुरमा कफ्र्यूको अवस्थामा २५ वटा घरमा आगो लगाउने काम यीनै
नेताहरुको निर्देशनमा भएको उहाँले ठोकुवा गर्नुभयो । पत्रकार सम्मेलनमा पटक पटक दोहो¥याउँदै नेता लेखीले
देउवा, रावल र भट्टको तिव्र आलोचना गरे ।

तिन साता लामो आन्दोलन
चर्किदा समेत राज्यले कानमा तेल हालेर बसरिहेको बताउँदै थारु नेता लेखीले अहिलेको आन्दोलन भनेको
थारुहरुको हक अधिकार संविधानमा सुनिश्चित गर्ने अन्तिम अवसर समेत भएकोले अधिकार नलिई त्यती सजिलै
आन्दोलन नतुहिने दावी गर्नुभयो ।

नेता लेखीले थारुहरु
शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने भएको र अहिले सम्म शान्तिपूर्ण आन्दोलनकालागी प्रयासरत रहेकोमा
राज्य पक्षले हतियार प्रयोग गरेर गर्ने दमनको सामना गर्न समेत तयार रहेको बताए । उनले भने, “हामीहरु
माथी ईटा प्रहार हुन्छ भने त्यसको जवाफ हामी पत्थरले दिनेछौं ।”

उदयपुरमा भईरहेको थारु आन्दोलनको आज १८ औं दिनमा सदरमुकाम गाईघाटमा आयोजना गर्न लागिएको बृहत
जनप्रदर्शनलाई सम्बोधन गर्न उदयपुर आईपुगेका नेता लेखीले राज्यद्वारा पछाडी पारिएका सवै पक्ष सँग
सहकार्यका साथ आन्दोलनमा अगाडी बढ्ने र विशेष गरेर मधेशवादी दलहरुसँगको सहकार्यमा आन्दोलनलाई उचाईमा
पु¥याईने धारणा व्यक्त गरे ।

जनजाती पत्रकार महासंघ(फोनिज) ले
आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लेखीले राज्य पक्षसँग हुने अबको वार्ता केन्द्रमा नभई तराईमै गरिने
र वार्ता निर्णयक गरिने धारणा व्यक्त गर्नुभयो । आयोजित पत्रकार सम्मेलनमा थारु युवा नेता कानुन चौधरी,
जिल्ला नेताहरु जयराम पंजियार, प्रदीप चौधरी लगायतको समेत उपस्थिती रहेको थियो ।

थारु आन्दोलनको आज १८ औं दिनमा सदरमुकाम गाईघाटमा आयोजना गरिने बृहत जनसभामा करिब १०
हजार जनताको उपस्थिती रहने जिल्ला नेता प्रदीप चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा