आगलागि पिडित कश्मा नगरपालिका १५ पिपलटारीका ओम प्रकाश बिकको परिबारलाई पर्बत उद्योग बाणिज्यसंघ र रोटरी कल्ब अफ पर्बतले सहयोग सामाग्री हस्तान्त्रण गरेको छ ।
चैत १३ गते बिधुत सर्ट भई आगलागि हुदाँ घरमा भएका सम्पुर्ण समानहरु जलेर नष्ट भएको थियो । पिडित परिबारको लागि पर्बत उद्योग बाणिज्य संघले एक महिनाको लागि पु्ग्ने गरि बिभिन्न सामाग्रीहरु सहयोग गरेको हो । कुश्मा नगरपालिका १० बगैचा चोकमा रहेको सुरेन्द्र किराना स्टोर्सबाट चामल, दाल, नुन, मसला, साबुन, तेल लगायतका खाद्यन्न सामग्री र न्यानोका लागि कम्बल हस्तान्त्रण गरिएको हो । पिडित परिबारलाई सहयोग सामाग्री हस्तान्त्रण गर्देै पर्बत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले आफुहरुको सानो सहयोगले पिडितको लागि थोरै भएपनि राहत पुग्ने बताउनुभयो ।
पिडितहरुको लागि उद्योग बाणिज्य संघले आपत बिपद परेको बेला सहयोग गर्न पछि नपर्ने समेत बताउनुभयो । सहयोग सामाग्री ग्रहण गर्र्देै पिडित ओम प्रकाश बिकले उद्योग बाणिज्य संघ र रोटरी कल्ब अफ पर्बतले गरेको सानो सहयोगले आफ्नो परिबारको लागि धेरै राहात पुगेको भन्दै धन्यबाद ब्यक्त गर्नुभयो ।