२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णाली प्रदेश राजधानीमा सुरक्षा व्यवस्था कडा

२०७५, २३ बैशाख आईतवार १६:४८

वैशाख २३, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक विकृति अन्त्य गर्न थालेको विभिन्न अभियान उपलब्धीपुर्ण भएको बताएको छ । घरेलु हिंसा, घरेलु मदिरा, जुवातास, लागू औषध विक्रि वितरण जस्ता विकृति नियन्त्रण गर्न थालिएको हरेक अभियान सफल भएकाले नागकिरलाई साथ दिन प्रहरीले अनुरोध समेत गरेको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगको शान्ति सुरक्षा प्रभावकारी बनाउन विभिन्न रणनीतिक सुरक्षा योजना तयार गरेर प्रहरीले बाक्लो मात्रामा परिचालन गरिएको कार्यालयले जनाएको छ । प्रहरीले विगतभन्दा घरेलु मदिरा नियन्त्रण गर्नमा कटिवद्ध रहेको बताएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चतुर्वेदीले लागु औषध ओसार पसारमा संलग्न युवाहरुलाई पनि पक्राउ गरी कानुनी कार्वाही थालिएको जानकारी दिए । उनले पछिल्लो समय गुण्डा गर्दीमा संलग्नमाथि पनि कडा निगरानी गरी नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको बताए ।

जिल्ला प्रहरीले होटेलहरुमा हुने यौनजन्य गतिविधीहरुमा पनि निगरानी गरिरहेको छ । प्रहरी अहिले सामाजिक विकृतिलाई शुन्यमा झारेर प्रदेश राजधानी वीरेन्द्रनगरलाई शान्तिपूर्ण शहर बनाउने अभियानमा लागेको एसपी चतुर्वेदीको भनाई छ । जिल्ला प्रहरी कार्यालयले केही महिना अघि थालेको मदिरा क्लिन अप्रेशन पनि जारी राखेको छ । दुई÷तीन दिनको फरकमा टोल–टोलमा गस्तीमा तीब्रता दिएको चतुर्वेदीले उल्लेख गरे ।  बजार क्षेत्रका ठुला होटेलहरुबाट पनि अवैध घरेलु मदिरा बरामद गरी नष्ट प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते