२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बजाजद्वारा शैक्षिक सामाग्री वितरण

२०७५, २३ बैशाख आईतवार १६:५०

वैशाख २३, सुर्खेत ।  बजाज कम्पनीले सुर्खेतका विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । कम्पनीले आइतबार एक कार्यक्रमको आयोजना गरी सुर्खेतको वीरेन्द्रनगर–५, मा सञ्चालित नेपाल राष्ट्रिय आधारभुत विद्यालय चिसापानीमा पढ्ने बालबालिकाहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

विद्यालयमा अध्ययनरत १ सय ५० जना विद्यार्थीलाई एक÷एक दर्जन कापी र पेन्सिल वितरण गरेको असीम अटो पार्ट्सका सञ्चालक लक्ष्मण कँडेलले जानकारी दिए । कम्पनीले सञ्चालन गरेको ‘मेरो गाउँ मेरो बजाज’ अभियान अन्तर्गत ती सामग्री वितरण गरेको कँडेलले बताए । सुर्खेतका लागि बजाज कम्पनीका मोटरसाइकल तथा पाटर््सहरुको अधिकृत विक्रेता असीम अटो पार्ट्सले विद्यालयको आग्रहमा विभिन्न स्कुलहरुमा पुगेर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गर्दै आएको छ ।


व्यापार व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै बजाजले ‘मेरो गाउँ मेरो बजाज अभियान’ शुरु गरेको कँडेलको भनाई छ । यसअघि कम्पनीले जिल्लाका पाँच वटा विद्यालयमा यसैगरी शैक्षिक सामग्री वितरण गरिसकेको उनले बताए । विद्यालयका प्रधानाध्यापक तेजकुमारी चपाईले बजाजद्वारा विपन्न डेढ सय विद्यार्थीलाई निःशुल्क शैक्षिक सामाग्री वितरणबाट शैक्षिक गुणस्तर बृद्धिमा टेवा पुग्ने अपेक्षा राखिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते