२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा बसको छतबाट खसेर एकको मृत्यु

२०७५, २४ बैशाख सोमबार ०५:३६

वैशाख २४ गौशाला | महोत्तरी जिल्लाको बर्दिबास जलेश्वर सडकखण्डमा आइतबार साँझ बसको छतबाट खसेर एक खलासीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बसका खलासी जिल्लाको एकडारा गाउँपालिकाको बहेडा बस्ने ४० वर्षीय श्याम मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

ना४ख ५६४७ नम्बरको यात्रुबाहक बस आइतबार साँझ बर्दिबासबाट जलेश्वर जाने क्रममा औरही नगरपालिका–८ टिम्किया गाउँमा बसको छतमा सामान हालेर तल झर्ने क्रममा खलासी मण्डल बसको छतबाट सडकमा लडेकोमा उनको मृत्यु भएको प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो । 

बसको छतबाट लडेर गम्भीर घाइते भएका खलासी मण्डललाई उपचारको लागि तत्कालै अञ्चल अस्पताल जनकपुरमा लैजाँदै गरेको अवस्थामा बेलुका करीब ७ बजेतिर बाटैमा उनको मृत्यु भएको थियो । 

बस इलाका प्रहरी कार्यालय रामगोपालपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते