२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रत्येक पटक गर्भ जचाउँने महिलालाई अण्डा वितरण

२०७५, २५ बैशाख मंगलवार ०३:५१

वैशाख २५, वालिङ | स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराउने महिलालाई भिरकोट नगरपालिकाले अण्डा वितरण गर्दै आएको छ । 

गर्भवती महिलामा गर्भ रहेको सामान्यतयाः तीन महिनाको अवधिदेखि सुत्केरी नहुँदासम्मको अवधिका लागि दैनिक एउटाको दरले अण्डा वितरण गर्ने गरेको भिरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले बताउनुभयो । 

“गर्भवती महिला नियमित स्वास्थ्य संस्थामा आएर गर्भ परीक्षण गराउने बानीको विकास गराउने एउटा उद्देश्य हो”, नगर प्रमुख खनालले भन्नुभयो, “अर्कोतर्फ पौष्टिक आहाराको कमी हुनबाट बचाइ आमा र बच्चाको स्वास्थ्यमा विशेष ध्यान दिनु हाम्रो दायित्व ठानेर यो अभियान सञ्चालन गरेका हौँ ।” 

गर्भवती महिलाले पहिलो परीक्षण अवधि तीन महिनादेखि प्रत्येक महिनामा जाँच गराउन आउँदा प्रत्येक पटक एक क्यारेट अण्डा स्वास्थ्य संस्थाबाटै तत्काल दिने व्यवस्था नगरपालिकाले मिलाएको छ । 

“भिरकोट नगरपालिकाभित्रका गर्भवती महिलाले नगरभित्रकै स्वास्थ्य संस्था वा अन्य नगरका पायक पर्ने स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गराउन सक्नुहुन्छ” नगर प्रमुख खनालले भन्नुभयो, “उहाँहरुले पायक पर्ने अर्को स्वास्थ्य संस्थामा गएर जाँच गराएको कार्ड लिएर आउनुभएमा पनि हामीले अण्डा प्रदान गर्दछौँ ।” 

गर्भवती महिलाले पहिलोपटक गर्भ जाँच गराउने अवधि तीन महिनादेखि सुत्केरी हुँदासम्मको अवधिलाई पुग्ने गरी महिना÷महिनामा गर्भ जाँच गरेका आधारमा अण्डाको क्यारेट प्रदान गर्दै आइरहेको भिरकोट नगरपालिका वडा नं १ का अध्यक्ष एवं नगर प्रवक्ता दीपेन्द्र केसीले बताउनुभयो । भिरकोट नगरपालिकामा हाल एउटा शहरी स्वास्थ्य क्लिनिक र नौवटा स्वास्थ्य चौकी रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने