२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा देवल छन तर अभिलेख छैनन् (फोटो फिचर)

२०७५, २५ बैशाख मंगलवार ०७:०५

नन्द बहादु रोकाया/बैशाख २५, मुगु | मुगु जिल्लामा ऐतिहासिक धरोहर ढुङ्गाले कुदेर बनेका थुप्रै देवल छन । 

तर देवल निर्माणको अर्थ, कहिले र कस्को पालामा देवल निमार्ण भएका हुन भन्ने अभिलेख छैनन् । छायाँनाथ रारा नगरपालीका वडा नं ४ भामवाडा गाउँको दायाँ पटी २० फिट अग्लो देवल छ त्यो मात्र पुरा देवल हो । 

अन्य कार्काीवाडा, चैन, रारा, रोवा लगायतका ठाउँमा देवल छन सबै अपुरा छन । छायाँनाथ रारा नगरपालीका वडा नं ४ भामवाडाका ८५ बर्षीय वृद्ध बौद्धे भामाका अनुसार भिमिसेन थापाका पालामा देवल निमार्ण भएका र दैलेख जिल्लाबाट ढुगां गाधामा ल्याई एकै रातमा देवाल निमार्ण गरेका हुन भन्ने अगाडीका ब्यक्तिबाट आफुले सुनेको बताउनु हुन्छ । उहाँले भन्नुभयो एकै रातमा देवल निमार्ण गरिएका र यो भामवाडा गाउँमा रहेको देवल मात्र पुरा देवल भएको र अन्य ठाउँका देवल बनाउदाँ बनाउदै उज्यालो भएकाले अपुरा देवल भएका हुन भन्ने सुन्नमा आएको उहाँको भनाई छ । 

यता अर्का स्थानीय कालीबहादुर भामका अनुसार भामवाडा गाउँमा रहेको देवलमा एक पटी तेलको कुवा एक पटी दुधको कुवा र दुईवटा पानीका धारा सहतिको देवल निमाण भएको थियो भन्ने सुनेको बताए । एउटै ढुगांले निमाण भएको भामवाडा गाउँमा रहेको देवलमा जथावाभि फोहोर छाउपडी भएका महिला नुहाउने गर्नाले तेलको कुवा दुधको कुवा पानीका धारा सबै सुकेको अग्रज बुढापाका बाट सुनेको उहाँको भनाई छ ।

देवल संरक्षणमा युवा हरु जुट्दै ।

ऐतिहासिक धरोहर भामवाडा गाउँको दायाँपट्टि रहेको देवल संरक्षण तथा प्रचार प्रसार गर्नु पर्ने भन्दै युवा हरु लागी परेका छन । प्राचिनकालको सभ्यता ऐतिहासिक धरोहरलाई बचाई राख्न तथा देवललाई प्रचार प्रसार गरी पर्यटक ल्याउन सकिने भन्दै युवाहरु देवल संरक्षण तथा प्रचारप्रसारमा लागी परेका हून । देवल संरक्षण तथा घेरबारका लागी छायाँनाथ रारा नगरपालीकाले ५ लाख तथा विनियोजित गरेको भएपनी भामवाडा गाउँका युवाहरुले ईस्टमेट भन्दा बढीको काम गरेका छन । 

देवल निमार्ण समितिका अध्यक्ष बिजय कुमार भामका अनुसार यस्ता ऐतिहासिक धरोहर मुगुमा हुदाँ हुदै पनी ओझलमा परेका र  यस्ता एैतिहासिक धरोहरलाई बचाई राखि प्रचार प्रसार गरेमा राम्रै आम्दानिको स्रोत बन्न सक्ने उहाँको भनाई छ । 

देवल निमाणको काम ९० प्रतिशत सकिएको र बाँकी रगं रोघन गरी देवाद निमार्ण समितिले जनाएको छ । आगमी दिनमा नियमित पुजा पाठ गरी देवलको प्रचार प्रसार गरीने भामवाडाका युवा हरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते