२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिक्तेल–ओखलढुंगा सिधा यातायात सञ्चालनमा आउने

२०७५, २५ बैशाख मंगलवार ०७:४१

चिसाङ शेर्पा/बैशाख÷२५ खोटाङ | खोटाङबाट ओखलढुंगा सिधा यातायात शुरुवात हुने भएको छ । जिल्लाभित्रका तथा जिल्ला बाहिरका यात्रुहरुको माग अनुसार बुधबारदेखी दिक्तेल–ओखलढुंगा सिधा बस सञ्चालनमा आउने भएको हो ।

खोटाङ यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङमाङका अनुसार दिक्तेलदेखी प्रत्येक दिन बिहान ६ बजे र ओखलढुंगाबाट प्रत्येक बिहान साँढे ६ बजे बस छुट्नेछ । महासचिव  हिङमाङले भने, ‘हालका लागि भाडादर आठसय रुपैयाँ निर्धारण गरिएको छ ।’ 

यसभन्दा अघि छिमेकी जिल्ला सोलुखुम्बु र आखेलढुंगाका यात्रुहरु खोटाङसम्म आवातजावत गर्नुपर्दा ओखलढुंगाको हिलेपानीमा ओर्लनुपर्ने तथा घण्टौसम्म बस कुर्नुपर्ने बाध्यता थियो । भोलीदेखी ओखलढुंगासम्म चल्ने बसमा दिक्तेलबाट हुर्लुङ, नुनथला, महुरे, बिजुले, अर्खौले, हलेसी, जयरामघाटसम्म स्थानियलाई यात्रा गर्नसमेत सहज हुने यातायात व्यवसायी संघले जनाएको छ ।

२०६४ सालमा नेपाली सेनाको हेलिकोप्टरबाट झुण्डाएर ल्याईएको दुई मिनीट्रकबाट शुरु भएको जिल्लाको यातायात दश बर्षमा आईपुग्दा दुइ नगरपालिका, आठ गाउँपालिकामै गाडी गुडिरहेको छ । जिल्लामा अहिले तीनसय बढी सानाठूला सवारी साधन सञ्चालनमा रहेको छ । 

ओखलढुंगा र खोटाङको सिमानामा पर्ने प्रमुख नाका जयरामघाटस्थित दूधकोशी नदीमा मोटरेवल पक्की पुल बनेपछि जिप तथा बस दैनिक १७ गाडी दिक्तेलबाट छुट्ने गरेको छ हाल जिल्लाबाट दिक्तेल–काठमाण्डौ, दिक्तेल–धरान, दिक्तेल–विराटनगर सिधा यातायात सञ्चालनमा रहेको छ । निकट समयमै दिक्तेल–सोलुखुम्बु, दिक्तेल–काकड्भिट्टासम्म सिधा यातायात सञ्चालन हुने महासचिव हिङमाङले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित