२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मर्मत अभावमा पोखरा–बागलुङ राजमार्ग जीर्ण बन्दै

२०७२, २० चैत्र शनिबार ०४:४८

busपर्वत, । गण्डकी अञ्चल अर्थात पोखरा क्षेत्रबाट धौलागिरि अञ्चलका चार जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने एकमात्र पोखरा–बागलुङ राजमार्ग बनेको २६ वर्षसम्म मर्मत नहुँदा यातायात व्यावसायीदेखि सर्वसाधारण सास्ती खेप्न बाध्य बनेका छन् । पोखरादेखि बागलुङसम्मको ७२ किमी सडक समयमै मर्मत नहुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन् ।

जीर्ण सडकका कारण समयमा पुग्न नसकिने तथा दुर्घटना बढिरहेको भए पनि सम्बन्धित निकायले भने ध्यान दिन सकेको छैन । सडकको स्तरोन्नति हुन नसक्दा सो सडक पार गर्न तीनदेखि चार घण्टासम्म लाग्ने गरेको छ । विसं २०४६ मा सडक निर्माण गर्दा तीन वटा सवारी साधन एकसाथ वारपार गर्न सक्ने गरी सडकको निर्माण गरिएको भए पनि अहिले सडकको कालोपत्र भत्किएर एउटा सवारी साधनसमेत सहज रुपमा पार गर्न नसक्ने अवस्था आएको छ ।

समयमै सडक मर्मत नहुँदा जोखिम मोलेर यात्रा गराउनुपर्ने बाध्यता रहेको र सडकमा रहेका खाल्डाखुल्डीका कारण सवारी साधनमा समेत क्षति भइरहने गरेको यातायात व्यावसायी बताउँछन् । मर्मतको कार्य गर्ने सडक डिभिजन कार्यालय पोखराले केही समय पहिला पोखरादेखि कास्कीको काँडेसम्म सडकको कालोपत्र गरेको भए पनि त्योसमेत जीर्ण बनिसकेको छ । अहिले सडकको आधा भाग कच्ची जस्तै बनेको छ । यसले गर्दा बिरामी तथा आकस्मिक यात्रा गर्नुपर्ने अवस्थामा समेत असहजता भएको हो । कालोपत्र भत्कँदै गएका कारण बाटो साँगुरो भएकाले साना सवारी साधन चलाउनेलाई समस्या हुने गरेको र दुर्घटना समेत बढेर गएको सवारी चालक कृष्णप्रसाद आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी